शनिबार, जेष्ठ १६, २०८३
Saturday, May 30, 2026

किड्स जिनियस स्टार अफ नेपाल’ हुँदै , अडिसन आज

काठमाडौं । बालबालिकाको प्रतिभा राष्ट्रियस्तरमा उजागर गर्ने उद्देश्यसहित ‘किड्स जिनियस स्टार अफ नेपाल-२०८३’ हुने भएको छ । यसको अडिसन यही जेठ १६ र १८ गते काठमाडौंमा आयोजना हुने आयोजकले जनाएको छ ।

१३ वर्षमुनिका बालबालिकालाई लक्षित गर्दै आयोजना गर्न लागिएको उक्त कार्यक्रममा सहभागीले आफ्नो गायन, नृत्य तथा अन्य सिर्जनात्मक प्रतिभा प्रदर्शन गर्न सक्नेछन् । प्रतियोगितामा उत्कृष्ट हुने बालप्रतिभाले ५० हजार नगदसहित विभिन्न आकर्षक उपहार प्राप्त गर्नेछन् ।
अडिसनको पहिलो चरण जेठ १६ गते शनिबार बिहान १०ः३० बजे काठमाडौंको नेपालटारस्थित न्यू इरा एकेडेमीमा सञ्चालन हुनेछ । यस्तै दोस्रो चरण जेठ १८ गते सोमबार दिउँसो १२ः१५ बजे सितापाइलास्थित निरभाना एकेडेमीमा आयोजना गरिने जनाइएको छ ।

आयोजकका अनुसार बालबालिकाको आत्मविश्वास, सिर्जनशीलता र सांगीतिक तथा कलात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो

WRITE COMMENTS FOR THIS ARTICLE

1 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x