रसुवामा चुनावी प्रतिस्पर्धा: रास्वपा रक्षात्मक, कांग्रेस अघि देखिने संकेत , सँगसँगै नेकपाका समीर

रसुवा । यही फागुन २१ मा निर्वाचन हुँदै गर्दा रसुवा जिल्लाको चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ। विभिन्न दलका उम्मेदवारहरू चुनावी मैदानमा सक्रिय छन् । पछिल्ला राजनीतिक घटनाक्रमले प्रतिस्पर्धाको स्वरूप केही बदलिएको देखिन्छ।
यसबीच राष्ट्रिय स्वतन्त्र पार्टी रसुवाका उम्मेदवार वसन्त भट्ट भने पछिल्लो समय केही रक्षात्मक अवस्थामा पुगेका देखिन्छ । चुनावी अभियान अपेक्षाअनुसार प्रभावकारी नदेखिँदा पार्टीभित्रै पनि रणनीतिबारे छलफल नहुँदा उनी रक्षात्मक बनेको स्रोतहरू बताउँछन्।
यता नेपाली कम्युनिस्ट पार्टीका नेता माधव लामिछाने समिरको सक्रियतासँगै जिल्लामा वामपन्थी पक्षको चुनावी माहोल भने बढ्दो अवस्थामा रहेको बताइन्छ। उनका कार्यक्रम र भेटघाटले स्थानीय स्तरमा उत्साह थपिएको राजनीतिक वृत्तको विश्लेषण छ।
अर्कोतर्फ, नेपाली कांग्रेसका उम्मेदवार तथा निवर्तमान सांसद मोहन आचार्य पछिल्लो राजनीतिक समीकरणपछि अगाडि देखिन थालेका छन्। विशेषगरी नेकपा एमालेका चर्चित नेता तथा संविधानसभा सदस्य जनार्दन ढकाल कांग्रेसमा प्रवेश गरेपछि जिल्लाको चुनावी समीकरण कांग्रेसतर्फ प्रभावित भएको विश्लेषण गरिएको छ।
नेकपाका उम्मेदवार समीरले भने आफूले रसुवाको विकासका लागि धेरै काम गर्ने प्रतिबद्धता जनाउँदै मतदातामाझ सक्रिय अभियान चलाइरहेका छन्। उनले सडक, शिक्षा, स्वास्थ्य र पर्यटन विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाउने बताउँदै आएका छन्।
यसरी विभिन्न राजनीतिक गतिविधि र दलगत समीकरणका कारण रसुवामा चुनावी प्रतिस्पर्धा अझ रोचक बन्दै गएको छ। मतदाताको अन्तिम निर्णयले कसको पक्षमा परिणाम जान्छ भन्ने कुरा भने निर्वाचनपछि मात्रै स्पष्ट हुनेछ।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE