आइतवार, फाल्गुन ३, २०८२
Sunday, February 15, 2026

भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक ( भिडियो )

  • 48
  •  
  •  
  •  
  •  
  •  
  •  
    48
    Shares

काठमाडौँ,गायक भुपु लिम्बुको स्वरमा सजिएको नयाँ गीत ‘धानको बाला’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। मौलिक स्वाद र भावनात्मक प्रस्तुतीसहित तयार पारिएको यो गीतले नेपाली माटो, संस्कृति र सम्बन्धको गहिरो अनुभूति बोकेको छ।

गीतका शब्द डीपी खनालले लेखेका हुन् भने संगीत संयोजन, एरेन्ज तथा मिक्सिङ बादल लिम्बुले गरेका छन्। गीतको रेकर्डिङ मुन्धुम  स्टुडियोमा गरिएको हो।

म्युजिक भिडियोमा गायक स्वयं भुपु लिम्बु सँगै  प्रतिना राईको अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन अरुण न्यौपानेले गरेका हुन् भने सम्पादनको जिम्मेवारी अनिल रानाले सम्हालेका छन्।

‘धानको बाला’ले ग्रामीण जीवनको सुगन्ध, प्रेम र संवेदनालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। नयाँ गीत ‘धानको बाला’को म्युजिक भिडियो गायक लिम्बुको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतप्रेमी दर्शक तथा श्रोतालाई यो गीतले फरक अनुभूति दिने अपेक्षा गरिएको छ।

भिडियो लिंक:

https://youtu.be/r_E9k_d3Q8g?si=cTrZs_cpGtWrLz6_

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x