त्रिभुवन विमानस्थलमा ब्रह्मलुट दरबन्दी भन्दा धेरै कर्मचारी पठाएर

त्यसोत सरकारवादी युनियनको हानाथाप कर्मचारी त्यहाँ पठाउँदा आवश्यक भन्दा धेरै कर्मचारीको हाजिरी हुन्छ । हाजिरी गरेर सेटिङ् मिलाउनकै लागि त्यहाँ जाने गरेका कर्मचारी धेरै छन् । कतिपय कर्मचारीहरू दोहोर्याएर पनि जाने गरेका छन् । त्रिभुवन विमानस्थल कमाउ क्षेत्र र घुस खाने क्षेत्र नै हो भन्ने मानक कर्मचारीवृत्तमा छ । अन्यत्र रहेका कर्मचारी गृह मन्त्रालय सरुवा भएर कमाउनकै लागि विमानस्थल जान लाइन लागेका हुन्छन् ।
एक भुक्तभोगीका अनुसार त्यहाँ पुगेपछि एकजना अधिकृतले वर्षमा दुईदेखि तीन करोड रुपैयाँ अतिरिक्त आम्दानी गर्न सक्छ । त्यसको लागि सरुवा भएर जाने बेलामा नै मनग्ये बुझाउनु पर्ने हुन्छ । अझ उपसचिवस्तरको कर्मचारीले एक वर्ष विमानस्थल बस्न पायो भने अधिकृत भन्दा दोब्बर कमाउने गरेका ती भुक्तभोगीले बताए । विमानस्थल महानिर्देशकको कमाई त अचाक्ली हुने गरेको छ । त्यसोत लगानी नगरी त्यहाँ जानै मुश्किल हुन्छ । यस पटक त्यहाँ जाने शाखा अधिकृतले पाँच लाखको दरमा प्रिपेड बुझाएका थिए । र, पछि पनि किस्ता किस्तामा त्यहाँ पुगेपछि बुझाउन पर्ने छ ।
बिचौलियादेखि प्रधानमन्त्री कार्यालय,गृहमन्त्री,गृहसचिवदे
यी महिला कर्मचारी विमानस्थलमा दोस्रोपटक सरुवा भएर गएको अभिलेखमा देखिन्छ । थापाको सम्पत्ति कति छ भन्ने अहिलेसम्म लेखाजोखा नै गर्न नसकिएको उनका एक आफन्तले बताए ।
गणेशविक्रम शाह शाखा अधिकृतको रुपमा विमानस्थल अध्यागमन कार्यालयमा छन् । अतिरिक्त कमाईमा कारवाहीमा पनि परेका शाह अहिले सेटिङमै विमानस्थल पुगेका छन् । त्यस्तै भोज ऐडी शाखा अधिकृत ३ पटक र रवीन्द्र ठगुन्ना, शाखा अधिकृत ३ पटक विमानस्थल अध्यागमन कार्यालय पुगेका छन् ।
शाखा अधिकृत भोज ऐडी तीनपटकसम्म त्यहाँ बसिसकेका छन्। उनी तीनपटकसम्म त्यसठाउमा जानुले पनि शका उत्पन्न हुन्छ । त्यस्तै अर्का शाखा अधिकृत रवीन्द्र ठगुन्ना पनि तीनपटकसम्म त्यहाँ पुगेका छन । पछिल्लो पटक रामेछापको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा गएका फणिन्द्र पौडेल पनि अवधि नै नपुगी मन्त्रालय आएर विमानस्थलमै पुगेका छन् । गृहसचिव गोकर्णमणि दुवाडीको सेटिङमै दरबन्दी भन्दा धेरै कर्मचारीको बनेर उनी विमानस्थल पुगेका हुन् ।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE