मङ्लबार, माघ ८, २०८१
Tuesday, January 21, 2025

खो खो विश्वकपमा नेपाली पुरुष टोली बन्यो उपविजेता

  • 30
  •  
  •  
  •  
  •  
  •  
  •  
    30
    Shares

खो खो विश्वकपमा नेपाली पुरुष टोली उपविजेता बनेको छ । दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा आइतबार आयोजक भारतसँग ५४–३६ ले पराजित हुँदै नेपाल उपविजेता बनेको हो ।

नेपालले सेमिफाइनलमा शनिबार इरानलाई ७२–२० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको हो । शुक्रबार भएको सेमिफाइनलमा बंगालादेशलाई ६७– १८ ले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो ।

समूह चरणमा नेपाल भारतसँग नै पराजित भएको थियो । नेपाल समूह उपविजेता बन्दै क्‍वाटरफाइनलमा पुगेको थियो । समूह ‘ए’मा नेपालले ४ खेलबाट ६ अंक जोडेको थियो ।

नेपाल भारतसँगको आफ्नो खेलमा ४१–३७ पराजित भएको थियो । त्यसपछि नेपालले ब्राजिललाई १३४– ८ र पेरुलाई ८०–३४ लाई र भुटानलाई ९८–८ ले हराएको थियो । यसैगरी महिला नेपाली टोली पनि उपविजेता बनेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x