मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

अखिल भारत नेपाली एकता मंच गोवा नगर समिती द्वारा हरितालिका तीज सास्कृतिक कार्यक्रम सम्पन्न

  • 25
  •  
  •  
  •  
  •  
  •  
  •  
    25
    Shares

 

प्रेम सेर्पाली, गोवा भारत

अखिल भारत नेपाली एकता मंच गोवा नगर समिती द्वारा आयोजित तिज बिषेश सास्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । प्रवास संगठन अखिल भारत नेपाली एकता मंच गोवा नगर समितीले सन् ६ सिताम्बर २०२४ का दिन भारतको गोवा स्थित सम्पन्नशाली मराठी हलमा महिलाहरुको बिषेश पर्बको पाबन अबसरमा जन सास्कृतिक कार्यक्रम गरेको हो ! सिता हमालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता गोवा नगरका अध्यक्ष कृष्ण बिष्टले गरेका थिए !सो अबसरमा कार्यक्रमको प्रमुख अतिथि अखिल भारत नेपाली एकता मंच की केन्द्रिय उपाध्यक्ष भागवती भण्डारी थिईन भने अतिथीको रूपमा मंचका केन्द्रिय सचिव प्रेम सेर्पाली र मंचका केन्द्रिय सचिबालय सदस्य प्रकाश वली थिए ! अन्य अतिथीहरूमा प्रगतिशील नेपाली समाजका अध्यक्ष लोकेन्द्र सेर्पाली, सुनिल रावल, बस ब्याबसायी समितीका संचालक राजु बि सी र ओमकार पुन थिए! साथै आयोजक मंचका पदाधिकारीहरु र सदस्यहरू उपस्थिति रहेको थियो भने प्रदेशी लोक गायक प्रकाश बि सी ,श्याम कुमार बि सी ,कमल बि सी ,गणेश बि सी लगायतको बेजोड प्रस्तुति रहेको थियो सयौ प्रबासी नेपालीहरूको बाक्लो उपस्थितिमा दिदी बहिनीहरुले छमछमी नाचेर मनोरन्जनात्मक ढंगले सबैलाई प्रभाबित बनाएका थिए ! समर्थक र शुभचिन्तकले भरिभराउ उक्त हलको ब्यब्यस्थापन आयोजक समितिले गरेको हो ! बर्खाको समयमा मौसमले पनि साथ दिईरहेको अबस्था देखिन्थ्यो ! हिन्दू धार्मिकताका आधारमा देश तथा बिदेशमा महिलाहरूले ब्रत बसेर महिलाहरू माइतिघरमा रमाउने प्रचलन रहेको छ । कार्यक्रमा प्रमुख अतिथि भागवती भण्डारीले महिलाहरुको बिषेश पर्ब भएको हुनाले परम्परागत रुपमा सास्कृतिक र मौलिकताको संरक्षण गर्दै यस पर्बलाई भड्किलो र खर्चिलो नहुने गरी माउन सहभागी दिदी बहिनीहरूलाई आग्रह गर्दै गरीब असाय बिपन्न परिवारमका लागी खर्चिलो भएको खण्डमा मनाउँन गार्हो हुने भन्दै जति सकिन्छ कमै खर्चिलो बनाउनु पर्नेमा जोड दिदै सबै सग महंगा गरगहना नहुन सक्ने बताउदै समाजले बुझ्नु पर्छ भन्नु भयो ! साथ साथै प्रबासी नेपालीहरूले प्रदेशमा पनि विकृतिलाई नियन्त्रण गर्नु हामी सबैको साझा कर्त्तव्य भएको बताईन ! प्रबासमा रहेर पनि इब्न आस्था दायित्व र भुमिकालाई आत्मसात् गर्नु पर्छ भन्दै सहभागी दाजु भाई तथा दिदी बहिनीहरुलाई शुभकामना तथा धन्यबाद ज्ञ्यापन गरिन् ! अतिथीहरू प्रेम सेर्पाली र प्रकाश वलीले प्रबासी नेपाली दाजु भाई तथा दिदी बहिनीहरूलाई शुभकामना ब्यक्त गरेका थिए ! कार्यक्रममा सहभागी अगुवा प्रबासी नेपालीहरूले अखिल भारत नेपाली एकता मंच नै सबैभन्दा पुराने र लोकप्रिय संगठन भएको हुनाले भारतको सन्दर्भमा प्रबासी नेपालीहरू मंचका आबद्ध हुन लर्को रहेको र एकता मंचले अभिभावकत्व निर्बाहमा बढी योगदान पुर्याएको हुनाले सधै क्रियाशील र अग्रसरतमा अग्र स्थानमा रहेकोले धन्यबाद दिदै सुझबुझ पुर्ण सल्लाह सुझाब दिएका थिए सो अबसरमा एकता मंचका कार्यक्रमको सञ्चालन नगर समितीका उपाध्यक्ष धर्म प्रसाद वलीले गरेका थिए !

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x