अखिल (क्रान्तिकारी) को अध्यक्षमा केशव रावलको उम्मेदवारी घोषणा

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय अध्यक्षमा केशव रावलले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। अखिल क्रान्तिकारीले २३ औँ राष्ट्रिय सम्मेलन असोज २ देखि ५ गते काठमाडौँमा हुदैछ ।
सामाजिक सञ्जाल फेसबुक मार्फत रावलले अध्यक्ष पदमा आफनो उम्मेदवारी घोषणा गर्नुभएको हो ।
रुकुुम पूर्वबाट देशैभरमा पहिलो नम्बरमा प्रतिनिधि सिफारिस भएको भन्दै रावलले अध्यक्षमा आफू उम्मेदवार बन्ने बताउनु भयो । रुकुम पूर्वले २३ औं जिल्ला सम्मेलन सम्पन्न गर्दै चन्द्र रसाइलीलाई अध्यक्ष चयन गरेको छ । रावलसहित नेताहरु रेवन खड्का, वेदना बुढा, तिलक रसाइली, विकाश खड्का लगाएतलाई प्रतिनिधि छनोट गरेको बताइएको छ ।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE