मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

लिसंखु पाखर गाउँपालिकाले ल्यायो ५३ करोड ११ लाखको बजेट

सिन्धुपाल्चोक,सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ५३ करोड ११ लाख ४७ हजार १ रूपैयाँको बजेट पेस गरेको छ । चालुतर्फ ३१,७४,८४,३२० पुँजीगत तर्फ २१,३६,५२,२८१ गरी जम्मा ५३,११,३७,००१।- बजेट विनियोजन गरिएको छ।

गाउँपालिकाको गाउँ सभा तथा १६ औं गाउँ अधिवेशनबाट पालिकाका अध्यक्ष राजु लामाले बजेट पेस गर्नुभएको हो । गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को लागि तर्जुमा भएको नीति तथा कार्यक्रम अनुसार वार्षिक विकास योजना,कार्यक्रम तथा बजेट तर्जुमा भएको छ ।

“स्वस्थ,खुसी र समृद्ध लिसंखु पाखर पर्यटन,जलस्रोत , शिक्षा र कृषिमा आधुनिकरण र आत्मनिर्भर ”
अभियानलाई साकार पार्ने गरी बजेटलाई केन्द्रित गरिएको लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाले बताएका थिए । बस्ती तथा टोलस्तरबाट प्राप्त सुझाव तथा आयोजना र कार्यक्रमलाई सम्बोधन हुने गरी वडा समितिबाट प्राथमिकता निर्धारण गरी प्राप्त भएका कार्यक्रमलाई बजेटमा समेटि आर्थिक विकासलाई उच्च प्राथमिकता दिई भौतिक पूर्वाधार विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य र कृषिलाई निर्धारण गरि बजेट प्रस्तुत गरिएको छ। वातावरण तथा सुशासन र संस्थागत विकासको लागि बजेट केन्द्रित गरिएको अध्यक्ष लामाले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x