मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

देशभित्रै रोजगारीको लागि प्रोत्साहन गरौं महामन्त्री थापा

  • 42
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares

नेका का महामन्त्री गगन थापाले देशभित्रै रोजगारी सिर्जना गर्नेलाई प्रोत्साहित गर्नुपर्ने बताएका छन्।

महामन्त्री थापाले देशभित्रै उच्च पारिश्रमिक दिने गरी रोजगारी सिर्जना गर्न उपयुक्त वातावरण बनाउनुपर्ने बताए ।
नेपाल इञ्जिनियर्स एसोसियसन र इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको संयुक्त आयोजनामा ‘नेपालमा इञ्जिनियरका लागि रोजगारीको अवसर’ विषयक अन्तर्क्रियामा बोल्दै थापाले धेरै पारिश्रमिक दिने रोजगारीको प्रबर्द्धन गर्नुपर्नेमा जोड दिए।

‘धेरै तलब दिने रोजगारी सिर्जना हुँदा त्यसले अरू रोजगारी आफैँ सिर्जना गर्छ,’ उनले भने।
नेपालमा इञ्जिनियरिङ क्षेत्रले रोजगारीको अवसर सिर्जना गरिरहेको भन्दै उनले थप रोजगारी सिर्जना गर्न आवश्यक नीतिगत सुधारका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा के एण्ड के इन्जिनियरिङका अध्यक्ष पूर्ण खरेलले नेपालमा इञ्जिनियरहरुको प्रशस्त सम्भावना रहेको बताए। उनले आफ्नै संस्थामा नेपालमा डेढ सय इलेक्ट्रिकल इन्जिनियरले काम गरिररहेको भन्दै अबको ३ वर्षमा ६ सय इञ्जिनियरका लागि रोजगारी सिर्जना गर्ने बताए।

उनले पछिल्लो समय इलेक्टिकल इन्जिनियरको माग बढेपनि पढ्नेको संख्या घटिरहेको पनि बताए।

नेपाल इन्जिनियर्स एसोसियनका महासचिव रविभूषण झाले विदेशको काम ल्याएर नेपालमा रोजगारी दिइरहेका कम्पनीहरुलाई सरकारले सहुलियत दिनुपर्ने बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x