मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

त्यो कालो रात : सन्देश

  • 2.1K
  • 21
  •  
  • 10
  •  
  •  
  •  
    2.1K
    Shares

आज भन्दा ठिक १ महिना पहिलाको त्यो रात ; बियोग र बिनासका कहालि लाग्दा कथाहरु सृजना गरेर गएको थियो । मान्छेहरुको मन, मष्तिस्क, घरबास र धर्तिमा चिरा नै चिरा परेका थिए । यो १ महिना तिनै धॅाजा धॅाजा भएका तन-मन र डॅाडाकॅाडामा उकाली- ओराली गर्दै र सान्तोना भर्दै , सकेको मल्मपट्टी लगाउदै बित्यो । मानिसका मनहरु जोड्ने, गास र बासहरु जोड्ने, सहयोगहरु जोड्ने , सहयोगिहरु जोड्ने , पार्टीहरु जोड्ने र यसरी फाटेका सब चिज जोड्दै १ महिना बित्यो ।

त्यो कालो रात:
निरन्तर सबै तर्फ सम्पर्कमा रह्यौं । आपत पर्दा हाम्रो लागि सबभन्दा पहिला संझने नाम हुदो रहेछ जनार्दन शर्मा (ऐया बाबै, ए भगवान वचाईदेउ भने जस्तै ) , ऊहॅा संग सम्पर्क स्थापित भए पछि रात भरि नै प्रत्यक वार्ड, टोल र टोलका सबै छर छिमेकको समेत अवस्था एकिन गर्न संभव सबै सम्पर्क सथापित गर्यौं । बाटोहरु अबरुद्द भएको जानकारी पाउने बित्तिकै बाटो हरु खोल्न सबै साधनहरु परिचालन गर्यौं । घाईतेहरु बोक्न बाईक, गाडि, बस, टिप्पर, ट्रक, अटो रिक्सा जहॅा जे छ त्यो परिचालन गर्ने निर्णय गर्यौं । आठबिसकोट न.पा. ले बजारमा रहेका जिपहरुमा तेल भर्दै गाऊ तिर पठायो । जिल्ला बहिर रहेका सानीभेरि गा.पा.का अध्यक्ष लगाएत राति १२ बजे नै सुर्खेतबाट फर्किनु भयो । बिहान ४ बजे सम्म मृतकको संख्या एकिन भयो र ७ बजे सम्मजिल्ला भरिका सबै घाईते अस्पतालमा पुग्ने कुरा निश्चित गरियो । रातिनै क.प्रभाकरले प्रधानमंन्त्री, स्वास्थ्य सचिव, आर्मी र प्रहरीको चिप संग सम्पर्क गरि बिहानै स्वास्थ्य कर्मी र आवश्यक औषधी सहित ऊद्दारमा जाने योजना बन्यो ।

ती निर्मम दिनहरु:-
आठबिसकोट नगर अस्पतालको आगनमा ४४ वटा सबहरु राखेर डाक्टरहरु पोष्टमार्टम रिपोर्ट बनाई रहेका छन् । मेरो बच्चको पेट नचिर ! चिरेको शब म बुझ्दिन्न भन्दै आमाहरु अबोध बच्चाको लास छेऊमा अलाप बिलाप गरि रहेका छन् । सेतो कपडाको हाते पर्दा भित्र पोष्टमार्टम भै रहेको छ । आफन्तहरु कोहि लास बुझ्छन कोहि गाडिको प्रबन्ध गर्छन् र लास गाडिको छतमा राख्छन् र लैजान्छन । जताततै रुवाबासी छ , मानिसहरुको अथाह भिड र कोलाहल छ , प्रधानमंन्त्री र नेताहरु आएर लाशहरुलाई श्रदान्जली दिनुहुन्छ , आफन्तहरुलाई भरोषा दिन खोज्नु हुन्छ तर त्यो मृत्युको पर्वमा त्यो कालो दिनमा ती शबका आफन्तहरु रोएरै आफ्नो मन भर्न, अॅात भर्न खोज्छन । मानिसहरुको जिवनमा रोएरै मन भर्न खोज्ने समय आउने रहेछ ।

भेरि किनारा रिम्ना देखि २० कि.मी भीत्र माथि- तल भुकम्पले सर्वाधिक क्षेति गर्यो । दोश्रो दिन एकै गाऊबाट एउटै मलाममा ७ वटा सम्म लास हरु लस्करै बोकेर गाऊलेहरु नदिकिनारामा झरि रहेछन । एउटै घाटमा १०/१२ शबहरु जलाई रहेछन् । सारा दुनिया घाटमा जम्मा भएका छन् आफन्तको अन्तिम बिधाई मा रुवाबासी र कोलाहल छ ।
केहि नेताहरु हेलिकोप्टरमा संबेदना दिन आई रहेछन् सबै तिर एक प्रकारको दौड पनि छ मलाम र संबेदनाको . ।

भेरि नदिको किनारमा यो स्तरको शोक र बेदनाको बाडी यस अघि कहिल्यै थिएन होला र भविश्यमा पनि कहिल्यै नहोस । प्रकृतिसंग मानिसले हारेको त्यो समय, त्यो लासको पर्व, आमाको अगालो भित्र बच्चाहरुको धड्कनहरु क्रमश बन्द भएको त्यो प्रकोपको निर्मम प्रहार अनि एक साथ हजारौ सपनाहरु ध्वस्त बनाऊने त्यो प्रकारको निर्दयी समय फेरि नआवस,.. कामना गरौ, प्रयास गरौं ।

राहात र उद्दार:-

लासहरुको ब्यवस्थापन गरि गाऊहरुमा जॅादा सारा मानिसहरु खेतबारीमा खुल्ला आकास मुनि बसिरहेछन् । जाडो बड्दै छ । बिहान सीतले ओडेको कपडा लछप्पै भिजेको हुन्छ , यस्तोमा मानिसहरुलाई त्रिपाल मुनि राख्नु पहिलो काम हुन्थयो ।

क. प्रभाकर पहिलो दिन काठमाण्डौ फर्केर करिब १० हजार थान त्रिपालको ब्यवस्था गरि गाडिमा लोड गराएर रुकुम आउनु भयो । अन्य सबै सहयोगि संस्थाहरुलाई पनि त्रिपाल कम्मलको निम्ति आह्वान भयो । त्रिपालको ट्रकहरु बिस्तारै हिड्न थाले र समयमा ट्रक नआईपुग्ने देखिए पछि तुल्सीपुरमा ट्रकबाट त्रिपाल हेलिकोप्टरमा राखेर सल्ले ल्याईयो र त्यॅाबाट टिप्परहरुमा प्रभावित क्षेत्रमा पठायौ । वार्ड अध्यक्ष र सर्व दलिय संयन्त्रले रात भरी त्रिपाल पिडित सम्म पुर्याउने कार्य गरे , यसरी छैटौ सातौ दिन सम्म लगातारको प्रयासले सबैलाई त्रिपाल मुनि राखियो ।
यस वीच कम्बल, चावल, अन्य दैनिक प्रयोगका सामाग्रीको आपूर्ति , बिधालयका अस्थाई टहरा निर्माण , टेन्टका स्वास्थ्य संस्था आदि निर्मान गरि कामहरु सुचारु गरियो । मृतकहरुको परिवारलाई राहातवबितरण भयो । घाईतेको उपचार भैरहेको छ ।
बिभिन्न संघ संस्थाहरुको सहभागिता जारी छ । केन्द्र सरकारले अस्थाई आवासको लागि प्रति टहरा ५००००/- स्थानिय तह सम्म पठाई संभवत आज बाट पिडितको खातामा रकम जॅादै छ । अस्थाई आवास निर्माणको काम युद्द स्तरमा जारी छ ।
सबै काम संभव भए सम्म छिटो छरितो जारी रहेको छ । यस क्रममा सबै कार्यको नेतृत्व र मार्ग दर्शन गरेको मा क. प्रभाकर प्रति आभारी छौं ।कामको संयोजन गर्ने पालिका सरकारहरु , निरन्तर जनताका घरदैलोमा काम गर्ने , गाली खाने, सबै दु:ख ब्यहोर्ने बिभिन्न पार्टीका स्थानिय कार्यकर्ताहरु, सहयोगि संस्थाहरुको भुमिका निकै राम्रो रहयो ।
यो भुकम्पमा बिर्सन नहुने एक अर्को नाम हो यति बिल्डर्स । आ्फना ५ जना स्टाप र २ जना कामदारको मृत्यको बाबजुत भुकमप्पको कम्पनसंग ब्युझेर निरन्तर ऊद्दारमा खट्यो, सबै साधन र जनशक्ति परिचालन गर्यो र मानिसहरुमा बिर्सन नसकिने गुण लगायो । यस प्रति पनि कृतज्ञ छौ ।

नव निर्माण-
भूगोलको एक भागले अब नयॅा निर्माणको चुनौति सामना गर्दै छ । यो भागमा हामी सबै मिलौं, दु:खहरु क्रमश भुलौ र पूरा ऊत्साह र जोसका साथ नव निर्माणमा सहभागि बनौं । हामी यी गाऊ हरुमा फेरि खुशि र सुखहरुको प्रबाह गरि छोड्ने छौं ।

धन्यवाद!!!

गोर्ख बहादुर के सी ( सन्देश ) भुकम्प प्रभावित क्षेत्र आठबिसकोट नगरपालिकाको प्रथम नगर प्रमुख तथा नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य हुनुहुन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x