बुद्दिमान परियारको कविता ‘अलविदा नेम्वाङ ‘

रातोनेपाल: भाद्र २८,काठमाडौ ।
चर्चित कवि,गीतकार तथा राजनीतिज्ञ बुद्दिमान परियारले संविधान सभा अध्यक्ष तथा पुर्वसभामुख स्व.सुवास चन्द्र नेम्वाङ प्रती श्रद्धाञ्जली अर्पण स्वरुप लेखेको श्रदा सुमन एक कबिता ‘अलविदा’ रातोनेपाल डटकममा राखेका छौ।
नेम्वाङको यहि भाद्र २६ गते अचानक हृदयघातका कारण निधन भएको थियो र आज भाद्र २८ गते उनको अत्येष्टी गरिदैछ।
‘अलविदा’
बलेको दियो,पुर्बमा थियो
भद्र र सालिन स्तम्भ ढल्यो।
सिमसिम पानि पर्यो ,देश रोयो
कार्यकर्ताको आँखामा आँसु छायो।
शोकाकुल बनायौ,थामिदैनन् आँसु
स्तब्ध बनायौ उडाइदियौ हासो।
थाहा थिएन यति चाडो धर्ती छाड्छौ
परिवार र कार्यकर्तालाइ पीडा दिन्छौ।
अलविदा भनेर भन्न मात्र सक्छौ
तिम्रा महान विचार मष्तिकमा राक्छौ ।
क्षती दिएर महा-प्रस्थान रोज्यौ
नेता कार्यकर्तालाइ टुहुरो बनायौ।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE