शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

गम्भीर रोगका संकेत

  • 26
  •  
  •  
  •  
  •  
  •  
  •  
    26
    Shares

धेरै पसीना आउनु या शरीर सुन्निनु : 

धेरै पसीना आउनु या शरीर सुन्निनु थाइराइडको संकेत हुन सक्छ। अक्सर शरीरमा मेटाबोलिजमको दर धेरै बढ्यो भने कि धेरै पसीना आउछ या कि पसीना नै आउन बन्द हुन्छ। यसका अलावा शरीरका केही भाग जस्तै, अनुहार, आँखा, औंला आदि सुन्निन्छ भने थाइराइडको संकेत हुन सक्छ।

लगातार कम्मर दुखाई : 

लगातार कम्मर दुखाई मिर्गौलाको रोग या खराबीको कारण हुन सक्छ।  विशेषज्ञका अनुसार कम्मर दुख्ने व्यक्तिहरुमा १० जनामा एकजनामा मिर्गौलाको पत्थरी हुन्छ।

मुख गन्हाउनु 

ब्रस गरेपछि पनि मुख गन्हाउन छाडेन भने फोक्सोको समस्याको कारण हुन सक्छ। फोक्सोको रोग, दम, सिस्टिक फाइब्रोसिस आदि समस्यामा उच्च अम्लीय गन्हाउने समस्या हुन्छ। गन्ध जति अम्लीय हुन्छ, उति गम्भीर बिरामीको समस्या हुन्छ।

जिब्रो लर्बराउनु

यदि शरीर कमजोर हुनुका साथै जिब्रो पनि लर्बराउँछ भने प्यारालाइसिसको लक्षण हुन सक्छ।

पेट दुख्नु 

पेट दुख्नु झन् गम्भीर रोगका संकेत हुन सक्छन्। कलेजोमा खराबी, मिर्गौला, कोलाइटिस अल्सर हुन सक्छ। यदि पेट फुल्यो भने अल्सर फुट्ने संकेत हुन सक्छ।

सुख्खा नङ 

स्वस्थ नङका लागि हड्डी पनि स्वस्थ हुनु आवश्यक हुन्छ। यदि शरीरमा क्याल्सियम वा म्याग्नेसियमको कमी छ भने नङ पनि सुख्खा हुन्छ। त्यसकारण नङ सुख्खा भएको छ भने गम्भीर बिरामीको संकेतका रुपमा लिनुपर्छ।

पिसाबमा रगत आउनु 

पिसाबमा यदि रगत देखिन्छ भने गम्भीर बिरामीको संकेतका रुपमा लिनुपर्छ। पिसाबमा रगत आउनु प्रोस्टेट क्यान्सर या प्रोस्टेट वृद्धिको संकेत हुन सक्छ। यसका अलावा मूत्राशय वा मिर्गौलाको क्यान्सर या पत्थरीका कारण पनि यस्तो हुन सक्छ। मिर्गौलाको रोग या कुनै चोटका कारण पनि पिसाबबाट रगत आउन सक्छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x