महा परित्राण २०८२ सम्मान कार्यक्रम भव्य सभ्य सम्पन्न

रातो नेपाल: माघ ५,काठमाडौ।राजधानीमा बुद्ध शान्त पार्क निर्माण समितिले ‘महा परित्राण २०८२ सम्मान कार्यक्रम’भव्य सभ्य सप्पन्न गर्यो।
काठमाडौको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रममा समाजमा विभिन्न क्षेत्रमा अमुल्य योगदान पुर्याउने व्यक्तिहरुलाइ सम्मान पत्र प्रदान गरिएको थियो।
कार्यक्रममा काठमाडौ महानगर पालिका उप मेयर सुनिता डङोल प्रमुख अतिथि रहेका थिए बिशेष अतिथी नवीन शाही रहेका थिए।
कार्यक्रमलाई बिचबिचमा विभिन्न स्थानबाट आएका विभिन्न समुहका धार्मिक भजन किर्तन प्रस्तुतिले प्रभावकारी समेत बनाएको थियो।
साहित्यकार तथा वरिष्ठ सञ्चारकर्मी राजन न्यौपानेले कार्यक्रम संचालन गरेका थिए भने उनि आफैले आमाको कबिता वाचन गर्दा सबैको हृदय पार गरेर तालिको वर्षा भएको थियो।
भव्य तवरले भएको कार्यक्रममा प्रा डा कुसुम शाक्य ,दिपक प्रधान ,संघ रत्न शाक्य,धर्म मुनिकर,बि नन्द बैध,प्रकाश समीर, गीता अर्याल,एन्जेलिना न्यौपाने ,सरस्वती मानन्धर ,सबिता श्रेष्ठ ,आशिष् ए डि, रमिला तुलाधर , महाबौद टोल बिकास तथा ब्यबस्थापन समिति ,महाबुद्द महाबिहार शाक्य गुथी,मित्र युवा क्लब ,का म पा वडा २७,समग्र भजन समूह तथा कलाकार ,बुद्द शान्त पार्क ज्ञानमाला भजन समूह ,नाशा श्रीस्टी कला ,बासुकी भजन समूह ,तथागत भजन समूह,पद्द्म कृति भजन समूह, लगायत महापरित्राण २०८२ मा सहयोग पुर्याउने लगभग दुई सय जना लगायतलाई सम्मान पत्र प्रदान गरिएको थियो।
कार्यक्रमको अध्यक्ष वरिष्ठ समाजसेवी रंगकर्मी शान्त बहादुर शाक्यले गरेका थिए ।कार्यक्रमको समापन गर्दै उनले ‘समाजमा योगदान पुर्याउने व्यक्तिलाई सम्मान गर्न पाउदा ज्यादै खुशी मिल्ने र आजिवन सम्मान गरिरहने छु।म बाट कुनै कमजोरी भए माफी चाहान्छु ‘भनेका थिए।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE