मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

कार्यदलले नै तयार पारेको आधारमा सरकार सञ्चालन हुने प्रम प्रचण्ड

  • 28
  •  
  •  
  •  
  •  
  •  
  •  
    28
    Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार सञ्चालनका लागि गठबन्धन दलबिच कार्यदल गठन गरेको र कार्यदलले तयार पारेको कार्यक्रमका आधारमा नै सरकार सञ्चालन हुने बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले सरकार गठनमा सहभागी दलहरुबिच न्यूनतम साझा कार्यक्रमका लागि कार्यदल बनेको र आज बेलुकासम्म कार्यक्रम सार्वजनिक हुने जानकारी गराएका छन् ।
सोही कार्यक्रम नै सरकार सञ्चालनको मूल आधार हुने उनको भनाई रहेको छ । सुशासन, प्रभावकारी सेवा प्रवाह र समृद्धि सरकारको मूल अठोट हुने उनले बताए । राजस्वको लक्ष्य बढाउन, पुँजीगत खर्च बढाउन र बेरुजु घटाउन नयाँ कार्यक्रम ल्याउने प्रचण्डले बताए । आर्थिक विकास सरकारको प्राथमिकता हुने बताउँदै सरकार गठनपछि पुँजी बजारमा आएको सकारात्मक संकेतलाई आफूले सरकारको जनअनुमोदनको रुपमा बुझेको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x