भौतिक पूर्वाधारमन्त्रीको भूमिका छानबिन गर्न निर्देशन

राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारी घटनामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र भौतिक पूर्वाधारमन्त्रीको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।
‘उक्त घटना घट्न श्रम रोजगार तथा सामाजिक मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय/मन्त्रीको भूमिकाबारेमा समेत छानबिन गर्न निर्देशन दिने’, सभापति रामहरि खतिवडाले समितिको निर्णय सुनाउँदै भने।
सोमबार बसेको समितिको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको छलफलपछि समितिले कोरियाली भाषा परीक्षा दिन माग गर्दै युवाहरुले गरेको प्रदर्शनमा गोली चलेको घटनामा दुई मन्त्रीको भूमिकाबारे छानबिन गर्न निर्देशन दिएको हो ।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE