संघर्षका दिनहरूमा भोक भोकै पनि हिडियो – कलाकार ,निर्देशक दुर्गा खवास


कलाकार , निर्देशक र प्रेरक व्यक्तित्व हुन, दुर्गा खवास । पुर्वी नेपालको सिन्धुलीमा जन्मिएका खवासले कला क्षेत्रमा दुई दसक लामो घामपानी व्यहोरेका छ्न । यो अवधिमा उनले फिल्म , टेलिफिल्म खेलेका छ्न । वेव सिरिजदेखि सिरियलसम्म निर्देशन गरेका छ्न । सयौं नव कलाकारलाई डेब्यु गराएका छ्न । स्टेज प्रोग्रामहरुमा भाग लिएका छ्न । कलाकारहरुलाइ प्रशिक्षण दिएका छ्न । अभिनय र निर्देशन अनेकौं पाटामा काम गरेका छ्न ।
उनले काम गरेका केहि सिरियल र्याङको ठ्याङ ,समयको खेल ,करेली , तालमेल ,जुनु , शंख्का , मान्छे , मेरो बा आदि हुन । यी अधिकांश सिरियल उनले निर्देशन गरेका हुन ।
सानो पर्दाबाट चिनिएका खवासले ठुलो पर्दाको चलचित्रमा सशक्त अभिनय गरेका छ्न । ठुलो पर्दामा पनि उनको अभिनयलाई रुचाइएको छ ।
संघर्षका दिनहरु सम्झदा उनी भावुक हुन्छन् । कयेन दिन उनी भोकै पनि हिडेका छ्न । परिवार र साथी सर्कलका साथ नपाएको तितो अनुभुति छ । चाउचाउको भरमा बाचेका दिनहरुले नै आजको कलाकार र निर्देशक दुर्गा खवासको व्यक्तित्व बन्न सकेको हो ।
भन्छन् – `कलाकार र निर्देशक बन्न सजिलो छैन । साधारण साधाना र संघर्षबाट उचाई हासिल गर्न सकिदैन । कठिन मेहनत र निरन्तर संघर्षको बिचबाट उचाई चुम्न सकिन्छ । यसैले नयाँ कलाकारलाई टिकिराख्न साधाना र अभ्यास गर्न सुझाव दिन्छु ।´
हाल उनी एउटा सिरियलको काम गरिरहेका छ्न । निकट भविष्य आउने सिरियलको नाम जुरेको छैन । सामाजिक कथामा बनिरहेको सिरियलमा नयाँ / पुराना कलाकारको अभिनय रहने उनको निर्माण टिमले जानकारी दिएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE