आइतवार, मंसिर १७, २०८०
Sunday, December 3, 2023

कलाकारितामा अगाडि बढ्दै अस्मिता

  • 157
  •  
  •  
  •  
  •  
  •  
  •  
    157
    Shares

दाङको एउटा देहात( गाउँ ) मा जन्मिएकी अस्मिता चौधरी कलाकारितामा रुचि राख्छिन । हालै अधुरो पाना दुइमा अभिनय गरेकी चौधरी कला क्षेत्रमा आफ्नु प्रतिभालाई प्रस्फुटन गरि चम्किन चाहन्थिइन । अधुरो यात्रा सिरियलमा उनलाई देख्न सकिन्छ
सानै उमेरदेखि उनलाई कला साहित्यमा रुचि थियोे । गाउँमा हुने हाट , मेला , महोत्सवमा हुने सांस्कृतिक प्रस्तुति हेर्दा उनमा कलाकारिताको भूत सवार हुन्थ्यो । टेलिभिजनमा आउने कार्यक्रममा कलाकारको भुमिका देख्दा म पनि अभिनय गर्न सक्छु भन्ने चौधरीलाई विस्वास थियोे ।
सामाजिक कथामा बनेका सिरियल , फिल्म र वेव सिरिजमा चौधरीलाई मनपर्छ। पछिल्लो समय बनेका म्युजिक भिडियोहरुमा अब्बल रहेको चौधरीको बुझाइ छ ।
चरीत्रप्रधान भुमिकामा अभिनय गर्न सक्छु । चौधरी भन्छिन – ` कलाकार हुन मेहनत र लगनशीलता चाहिन्छ । मलाई लाग्छ अभ्यासको पनि उतिकै भुमिका हुन्छ । सकेसम्म म आफुलाइ खार्नेछु ।
चौधरी अभिनित एक म्युजिक भिडियो समेत केही समयमा रिलिज हुँदैछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x