सुखी हुनु छैन मलाइ गीत सार्वजनिक


रातोनेपाल: असोज १०,काठमाडौ।सोमबार काठमाडौमा गीतकार केदार पनेरुद्वारा लिखित विचारसिल गीत ‘सुखी हुनु छैन मलाइ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्राय: धेरै मात्रामा माया प्रेम अनि उछृन्कल गीत सार्वजनीक भैरहेको बेला समाजमा मानिस भएर जन्मेपछि लोभ,डाह रहित उद्देश्यका साथ बढ्नु नै मानवता हो भन्ने शन्देस सो सार्वजनिक गीतले प्रदान गर्दछ।
हामी एकले अर्कोको लागि सोचिदिनुपर्छ भन्ने मानवतावादी रहेको यो गीतको संगीतकार कीर्ती न्यौपाने ,गायक स्वरुपराज आचार्य र एरेन्ज फणीन्द्र राइले रहेका छन् ।
यसैगरी, यसको म्युजिक भिडियोमा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ,कलाकारहरु मन्जु श्रेष्ठ ,सुनिल बन्जाडे लगायतले अभिनय गरेका छन् । यस्तै गीतको छायांकन दिनेश पराजुलि,सम्पादन राकेश दहाल ,सहनिर्देशन खेमनाथ खनाल र निर्देशन वसन्त सापकोटाको रहेको छ ।
कार्यक्रमको प्रमुख अतिथी वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ नै रहेका थिए भने अन्य अतिथिहरुमा चर्चित गीतकार,संगीतकारहरुको उपस्थिति रहेको थियो।
यसैगरी,कार्यक्रममा प्रमुख अतिथिलाइ अभिनन्दन गरिएको थियो भने अन्य गीत संग सम्बन्धित सवै व्यक्तिहरुलाइ मायाको चिनो समेत प्रदान गरिएको थियो।
कार्यक्रमको सन्चालन यादव पनेरुले गरेका थिए।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE