सोमवार, अशोज १५, २०८०
Monday, October 2, 2023

जसलाई आफ्नो देश सँग प्यार हुन्छ – सुरेशकुमार पाण्डे

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

गजल!

हो जसलाई आफ्नो देश सँग प्यार हुन्छ,
यथार्थमा उस्को देशभक्ती व्यबहार हुन्छ।

अविभावकले सधै बिद्रोह गर्न सिकाउँदा,
देखेर छोरा छोरी लाई पनि दिक्दार हुन्छ।

देशभित्र विज्ञानीक भन्दा मज्दुर जन्मिए,
होनहार युवाहरू बिदेशीकै औजार हुन्छ।

यो माटोमा के उब्जिन्न साथी रोपेर त हेरौँ,
नेपालीकै पौरखले त आवाद संसार हुन्छ।

जनाताले सधै देशको प्रगती खोजी रहंदा,
किन बिकाशको बाधक यो सरकार हुन्छ।

हामी आफु लाई मात्र अब्बल ठानी रहंदा,
एकदिन हामी भित्रकै जमिर बिमार हुन्छ।

सुरेशकुमार पान्डे २०-०९-२०२२,

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x