ठुला दलहरुले नयाँ अनुहार उम्मेदवारी नबनाए पराजाय संख्या बढ्ने


असोज २,काठमाडौ। आउने मंसिर ४को प्रतिनिधि तथा प्रदेस चुनावमा ठुला दलहरुले पुरानै वृद्ध नेताहरुलाइ पुनः उम्मेद्बारी वनाएमा पराजय भोग्ने संभावना बढी मात्रामा देखिन्छ।
राजनीतिक दलहरुको बिगतका असुहाउदिलो काम गराइ र खिचातानिको कारण नेपाली जनताहरु पुरानो राजनीति ठुला दलहरुसङ अति नै रुष्ट भएका छन् ।
जब चुनाव आउन लाग्छ अनि मात्रै आफ्नो गाउँ ,प्रदेस ,क्षेत्र जाने वृद्ध तथा पुरानो नेताको प्रविद्दी र चुनाव जितेपछी ५ वर्षै हराउने अनि माथी सदन ,सरकारमा पुगेर माखो मार्ने समेत काम नगर्ने ,बेइज्जत मात्रै कमाउने यी शैलिका कारण नेपाली जनताले रुष्ट भएर फेरि पुरानै उहीँ नेतालाइ दोहोर्याएमा लोप्पा खुवाने छटकाट देखिन्छ।यसको सानो उदाहरण पनि हामिले स्थानिय चुनावमा देखिसकेका छौँ ।
अब नेपाली जनताको चाहाना नया अनुहार त्यसमा पनि इमानदारी, स्वच्छ युवा उम्मेदवार रुचाउने देखिन्छ।
यसपालिको चुनावको परिणाम ठ्याक्कै यहि भन्न सकिन्न।विभिन्न नयाँ दल,स्वतन्त्र युवा शिक्षित उम्मेदवारहरुको आगमन हुदैछ ।जसका कारण पनि ठुला दल ,पुराना नेताहरुमा त्रास पलाएको छ ।
स्पष्ट भन्नुपर्दा जुनसुकै पुरानो वा नयाँ दल जे भएपनी स्वच्छ इमानदार र युवा नयाँ अनुहारको उम्मेदवारी ल्याएमा जित संख्या बढ्ने देखिन्छ नत्र बहुमत ल्याउछौ भन्ने गफ मै सिमित होला भन्ने देखिन्छ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE