सोमवार, अशोज १५, २०८०
Monday, October 2, 2023

निर्वाचन आयोगद्वारा मतदाता नामावली सार्वजनिक

  • 33
  •  
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares

निर्वाचन आयोगले आगामी मंसिर हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता नामावली प्रकाशन गरेको छ ।

 २२ हजार २२६ वटा मतदानकेन्द्र कायम गरिएको छ ।

जसमा ८८ लाख ४७ हजार ५७९ जना महिला, ९१ लाख ४० हजार ८०६ जना पुरुष र १८५ जना अन्य मतदाता रहेका छन् । आयोगका अनुसार सबैभन्दा बढी मतदाता भएका जिल्लामा मोरङ, झापा र काठमाडौं रहेका छन् ।

सबैभन्दा कम मतदाता भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् । २०७४ को चुनावमा एक करोड ५४ लाख २७ हजार ९३८ मतदाता थिए । गत वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा एक करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता रहेका थिए, चुनावपछि झण्डै तीन महिनाको अवधिमा २ लाख ५४ हजार ८ सय ४७ मतदाता थपिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x