समीक्षा अवधिमा खुद ट्रान्सफर १८ दशमलव चार प्रतिशतले वृद्धि भई रु एक खर्ब एक अर्ब ६९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १५ दशमलव सात प्रतिशतले घटेको थियो ।
साउनमा महिनामा भित्रियो ९२ अर्ब रेमिट्यान्स


नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको पहिलो महिनामा रु ९२ अर्ब २१ करोड बराबरको विप्रेषण आप्रवाह भएको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव चार प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु ७२ करोड ४० लाख पुगेको छ ।
अघिल्लो वर्ष यस्तो आप्रवाह १६ दशमलव आठ प्रतिशतले घटेको थियो । केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई सय २२ दशमलव ८ प्रतिशतले वृद्धि भई ४४ हजार पाँच सय ४० पुगेको छ ।
चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा २० दशमलव तीन प्रतिशतले वृद्धि भएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE