बुधबार, जेष्ठ १७, २०८०
Wednesday, May 31, 2023

चर्चित गीतकार ‘अपेक्षा’को २ वटा कृती बिमोचन

साउन २८,काठमाडौ । चर्चित गीतकार गणेश श्रेष्ठ ‘अपेक्षा’को २ वटा कृति सार्वजनिक भएको छ।

सनिवार गीतकार संघ नेपालको कार्यक्रम हलमा उनको नयाँ गीतीसंग्रह पुस्तक ‘गीतसंग अपेक्षा ‘ र गीतीएल्बम ‘रहरका फुलहरु’ भव्य सभ्य बिमोचन भएको हो ।

गीतकार संघ नेपालको आयोजित कार्यक्रममा वरिष्ठ गीतकार डा. कृष्णहरि बराल प्रमुख अतिथी रहेका थिए भने संघकै केन्द्रिय अध्यक्ष गीतकार शुभ मुकारुङले कार्यक्रमको अध्यक्षता गरेका थिए।
यसैगरी,अन्य विशेष अतिथिहरुमा वरिष्ठ संगीतकार दिपक जङम ,वरिष्ठ गायक संगीतकार बुलु मुकारुङ,गीतकार प्रमोद ढुंगाना,गीतकार रमेश पौडेल लगायतको बाक्लो उपस्थिति रहेको थियो।

संघका महासचिव गीतकार रमेश कोइरालाले कार्यक्रमको संचालन गरेका थिए भने संघकै उपाध्यक्ष चर्चित गीतकार वसन्त वित्यासी थापाले स्वागत मन्तव्य दिएका थिए।

लगभग चार दशकदेखी गीत लेखनमा होमिएका गीतकार “अपेक्षा ” हाल अमेरिकामा कार्यरत छन् ।विदेशको बसाई भएपनी आफ्नो लेखनमा अझ बुलन्द सकृय रहेका उनले आफ्नो सिर्जना बिमोचन गर्नकै निम्ति पनि नेपाल आएको र अझ गीतकार संघ बाट नै बिमोचन गर्न पाउँदा खुशिको सिमा नहरेको व्यक्त गरेका थिए।

उनको नव सार्वजनिक गीतीएल्बम ‘रहरका फुलहरु’मा ६ वटा गीतहरु समावेश गरिएको छ ।जसमा वरिष्ठ संगीतकार दिपक जंगमको एकल संगीतमा दिप श्रेष्ठ ,अजर जंगम,दिपक लिम्बू,बानिका प्रधान ,संगीता प्रधान राना,निशा देशार, श्री बत्सा खरेल,सरिता शाही,सीता थापालगायतको स्वर रहेका छन् ।

आफुलाइ यथार्थवादी गीतकार हु भन्न रुचाउने अपेक्षाको यो भन्दा अगाडि पनि गीती संग्रह पुस्तक ‘मनको आकाश’ र गीतीएल्बम ‘बाटो हिड्दा’ पनि सार्वजनिक भैसकेको छ । उनले गीतकार संघबाट वार्षिकरुपमा प्रदान गरिने वर्ष गीतको अवार्ड पनि प्राप्त गरिसकेका छन् ।उनको पहिलो गीत बि.स.२०५१मा रेकर्डिङ भएको थियो।

सनिवारको आफ्नो विमोचन कार्यक्रममा गीतकार अपेक्षाले गीतकारको भलाइको निम्ति पैतिस हजार पाँच सय पचपन्न रुपैया पनि गीतकार संघलाई सहयोग प्रदान गरेका छन् ।

उनको नव सार्वजनिक गीतहरु जिन्दगिको भोगाइ अनि प्रेरणादायी गीतहरु रहेको शुभकामना दिने श्रस्टाहरुले वताएका थिए।
बोल्ने क्रममा प्रमुख अतिथी समेत रहेका वरिष्ठ गीतकार डा.कृष्णहरि बरालले ‘अपेक्षाको लेखाइमा मिठास,यथार्थवादी,खारिएको देखिन्छ ‘ भने । साथै उनले बोल्ने क्रममा ‘ हाम्रो यस्ता यस्ता गतिलो सिर्जना छ ।खराब बनाउनु हुन्न ।खराब खराब नै हो।प्रजातन्त्र छ भन्दैमा चोर्न पाइछ?’ समेत भन्दै कपिराइट्सको पनि कुरा गरेका थिए।

कार्यक्रमको अन्त्यमा सवैलाइ धन्यवाद दिदै अध्यक्ष रहेका गीतकार मुकारुङले ‘ गीतकार संघमा आएको सहयोगलाइ गलत प्रयोग गरिदैन’ भन्दै कार्यक्रमको अन्त्य भएको घोषणा गरे।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x