सोमवार, अशोज १५, २०८०
Monday, October 2, 2023

यसकारण पनि म जनताको सेवा गर्न योग्य छु – एमाले युवा नेता प्रसाईं

  • 190
  •  
  •  
  •  
  •  
  •  
  •  
    190
    Shares

नेकपा एमालेका युवा नेता ओमकृष्ण प्रसाईंले राष्ट्रियता भनेको मानसिक रुपमा आत्मादेखी आउनुपर्ने वताएका छन् । उनले बागमती टेलिभिजनको वहस परिवर्तनको भन्ने कार्यक्रममा बोल्ने क्रममा यस्तो प्रतिक्रिया दिएका हुन् ।

एमालेको प्रखर वक्ताको रुपमा उदाएका युवा नेताको रुपमा चिनिएका प्रसाईंले काठमाडौ क्षेत्र नम्बर २ बाट उम्मेदवारीको टिकट पाउने चर्चा पनि चुलिएको छ ।

कार्यक्रममा बोल्ने क्रममा उनले ‘अहिले गठबन्धनले गफमा आफुलाइ बलियो बनाएको छ ,तर भित्र भित्रै उनिहरुमा आत्मविश्वास नै छैन।एमालेदेखि त्रसित छन् ।अर्कोतिर देशमा हावामा जनता उचाल्ने काम भैरहेको छ।जस्तै सम्पूर्ण उर्जा विदेशमा सक्ने अनि अहिले राष्ट्रियताको कुरा बोक्ने ?राष्ट्रियता भनेको मानसिक रुपमा आत्मैदेखी आउनुपर्छ।बोक्रेरुपमा चुनावको समयमा देशकै उत्पादित लुगा मात्रै लगाउछु भन्दैमा अब जनता झुक्किनेवाला छैन ‘भने।
यसैगरी, प्रसाईंले ‘पार्टिले मेरो कामको मूल्याकंन गर्दै विस्वास गरेर टिकट दिएमा म पछि हट्ने छैन।सम्पूर्ण नागरिक जनताहरुमा म यो प्रण गर्दछुकी राजनीतिमा सेवाको लागि आएको हुँ, मलाइ पैसा कमाउनु छैन ।मलाइ पुग्ने मेरो पर्याप्त सम्पती छ ।म राष्ट्रिय खेलाडी हुँ,म साढे तीन दशक खेल क्षेत्रद्वारा अनि सामाजिक अभियन्ताको रुपमा देशको समाजको सेवा गरेको छु।भन्नैपर्दा शिक्षामा पनि म पिएचडी गर्दै गरेको युवा भएकोले पनि म अब राजनीतिमा सेवा गर्न योग्य छु ।प्लिज सम्पुर्ण नागरिक ज्युहरु मलाइ मात्र सेवा गर्ने मौका दिनुहोस् भन्छु ‘ समेत भने।
साथै, उनले ‘ यो अहिलेको गठबंधनको सरकार आफै धामी आफै बोक्सी भैरहेको छ ।आफै सरकार चलाउने अनि आफै देश श्रीलंका हुने पनि भन्छन् ।यो सरकारबाट केहिपनी हुनेवाला छैन ।यो सरकारले चौध पन्ध्र महिनाको अन्तरालमा ठ्याक्कै यो गर्यो भन्ने केहिपनी छैन।त्यसकारण अब चुनावपछी जनताले एमालेलाइ बहुमत दिलाउछन् ‘ भने।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x