सोमवार, अशोज १५, २०८०
Monday, October 2, 2023

मजदुर माथि दमन नगर्न बनेपा नगर पालिकालाई नेकपा बहुमत काभ्रे जिल्ला पाटिको चेतावनी

  • 76
  •  
  •  
  •  
  •  
  •  
  •  
    76
    Shares

नकुल चौलागाईं काभ्रे

कन्चन नेतृत्वको नेपाल कम्युनिस्ट पाटि (बहुमत) काभ्रे जिल्ला समितिले बनेपा महानगर पालिकाले मजदुर माथि गरेको दमन विरुद्ध महानगरको नगर प्रमुख शान्ति शाक्यको कार्यकक्षमा पुगि ग्यापन पत्र बुझायको छ।

बनेपा नगरपालिकाले ठेलागाडा चलाइ मजदुरि गरि खाने गरिब बर्ग माथि नगर प्रहरीले मजदुरको छातिमा बुट बजार्नुको साथै लाठि प्रहार गरि घाइते बनायको छ उक्त घटना लाइ नेपाल कम्युनिस्ट पाटि बहुमतले यक प्रेस बिग्यप्ति निकालि घटनाको घोर भत्सर्ना गरेको छ ।

मजदुरि गर्दै आयका ५० भन्दा बडि मजदुरको रोजि रोटि नै खोस्ने गरि ठेला गाडा माथि नगर पालिकाले दमन गरेको थियो उक्त दमन विरुद्ध नेकपा बहुमतका काभ्रे जिल्ला इन्चार्ज जिल्ला संयोजकको टोलिले हिजो मजदुरहरु लाइ भेला गरि छलफल गरेर बास्तबिकता बुझ्नु भएको थियो साथै मजदुरहरुलाइ न आतिन पनि आग्रह गर्नु भएको थियो ।

नगर प्रमुख लाइ भेटेर मजदुर हरुलाई तत्काल हटाउनु भन्दा पहिला उनिहरुको उचित व्यवस्थापन गराउनु पर्ने विषयलाई लिएर छलफल गरिएको थियो नगर प्रमुख लाइ भेटेर हिजो गरिएको ज्यादति पुर्न नदोहोरियोस् र भावि दिनहरुमा सहकार्याको वातावरण मिलाएर देशमा भएका सबै खाले समस्या हल गर्नु पर्ने कुरामा जोडदिँदै अघि बढ्नु पर्ने सल्लाहा दिनुका साथै यदि दमन गरिएमा यसको प्रतिकार नेकपा बहुमत काभ्रे जिल्ला पाटिले गर्ने यसबाट उत्पन्न क्षेतिको जिम्मेवार महानगर स्वयम नै हुने जानकारी गरायका छौँ ।

इन्चार्ज र संयोजकले हामि तपाईंहरुको साथमा रहेको यो मुद्दा यहाँको मात्रै न भयर हामि सबैको भएकोले हामि अन्तिम सम्म लडि रहने बताउनु भएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x