२०९ औं भानु जयन्तिमा प्रसाईंलाई भव्य सम्मान


आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्म जयन्तीका अवसरमा गीतकार तथा गोजुरियो कराटे प्रमुख प्रशिक्षक ओमकृष्ण प्रसाईं सम्मानित भएका छन् ।
गोधूलि साहित्य प्रतिष्ठानको आयोजनामा कवि ,गीतकार ,खेलकुद एवम् अभियन्ताका रुपमा योगदान पुर्याए बापत उत्कृष्ट कार्यको मुल्यांकन गर्दै उनलाई वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवशको हातबाट सम्मान गरिएको हो।
करिब साढे तीन दशकदेखि कराते क्षेत्रमा सकृय रहेका प्रसाईं हाल गोजुरियो करातेको प्रमुख प्रशिक्षक रहेका छन् भने वाल्यकाल स्कुलदेखि नै साहित्य क्षेत्रमा सकृय रहन्दै विभिन्न राष्ट्रप्रेम गीत, आधुनिक गीत समेत रेकर्ड गराइ सकेका छन् । हाल पिएचडी को दौरानमा रहेका बहुप्रतिभावन स्रश्टा प्रसाईंको कमल खत्रीले गायको राष्टृय गीत लोकप्रिय छ भने चाडै सुरेस अधिकारिको संगीतमा आधुनिक अनि चेतनामुलक प्रेरणादायी गीत सार्वजनिक हुने क्रममा रहेको छ ।
बुधबार काठमाडौ प्रज्ञाभवन कमलादिमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि, संस्कृतिविद् तुलसी दिवसको साथै विशिष्ठ अतिथिहरु संस्कार समाज नेपाल अध्यक्ष पशुपति गुरुङ, अतिथी प्रा.डा. षडानन्द पौडेल लगायतको उपस्थिति रहेको थियो।त्यस्तै,अतिथिहरुमा चन्द्रागिरी साहित्य प्रतिष्ठान अध्यक्ष जनार्दन अधिकारी (धड्कन) , बाल साहित्यकार, साइनो कविताका प्रवर्तक छायदत्त न्यौपाने , विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान अध्यक्ष गोपिकृष्ण प्रसाईं समेत उपस्थिति रहेका थिए ।
कार्यक्रममा प्रमुख अथिती,विशेष अतिथिहरुले नेपाली साहित्यक्षेत्रमा भानुभक्तको योगदान र वर्तमान अवस्थाबारे बोलेका थिए भने अन्य कवि तथा स्रष्टाहरुबाट कविता बाचन समेत गरिएको थियो।कार्यक्रमको सन्चालन प्रकाश समिरले गरेका थिए।
सम्मानित भएपछी प्रसाईंले साहित्यक्षेत्रमा थप जिम्मेवारी थपिएको महशुस गर्दै आफ्नो आधिकारिक सामाजिक सन्जाल फेशबुक पेजबाट सवै आयोजक संस्था ,व्यक्तित्वहरु प्रती आभार प्रकट समेत गरेका छन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE