आइतवार, मंसिर १७, २०८०
Sunday, December 3, 2023

टि-फोर फाउन्डेसनद्वारा टोखा नगर पलिकामा वृक्षारोपण कार्यक्रम सम्पन्न

  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

२०७९/०२/२८ गते शनिवार टि-फोर फाउन्डेसनको आयोजना र टोखा न.पा वडा न. ८ को सहकार्यमा वडा परिसर र विनायक अन्नपूर्ण पुष्प वाटिका केन्द्र परिसरमा कपुर, तेजपात, पयौं लगयतका बिरुवाहरु प्रमुख अतिथि दिपक ज्ञावली वडा अध्यक्ष रमेस खत्री ,फाउन्डेसनक अध्यक्ष निश्चल घिमिरेले संयुक्त रुपमा बिरुव रोप्दै वृक्षारोपण कार्यक्रम सुभारम्भ गरेका थिए ।

उक्त कार्यक्रम वातावरण बिभागका उप सचिब दिपक ज्ञवालीको प्रमुख आतिथ्यमा नगरपालिकाका उपमेयर मुरारी तामाङ ,वडा अध्यक्ष रमेश खत्री , फाउन्डेसनका सल्लाहकार राजेद्र घिमिरे ‘सागर’ , पत्रकार उमेस पाण्डे स्थानीयवासीहरु ,बिद्यार्थी भाइ बहिनीकोहरु , पुष्प वाटिका र टि -फोर फाउडेसनका पदाधिकारी र विभिन्न सञ्चार कर्मिहरु लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि दिपक ज्ञवालीले युवाहरुले संचालन गरेको फाउन्डेसनले पहिलो काम नै वातावरण संरक्षणमा देखाएको अग्रसरता “माटो बचाउ अभियानका लागि वृक्षारोपण अभियान राम्रो कार्य भएकोले यसमा हामी सबैले साथ दिनुपर्ने बताउदै आज रोपिएको बिरुवाको संरक्षण गर्नका लागि स्थानीयवासिलाई आग्रह गरेका थिए।
वडा अध्यक्ष रमेश खत्रीले वातावरण संरक्षणका लागि वृक्षारोपण कार्यक्रममा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै प्रकृति , कला साहित्य ,सस्कृती जोगाउने कार्यमा आफ्नो सधै साथ र सहयोग रहने कुरा बताएका थिए
फाउन्डेसनका अध्यक्ष निश्चल घिमिरेले आफू जन्मेको देशका लागि असल काम गर्नकै लागि जि फोर फाउन्डेसन हामी युवाहरू मिलेर बनाएको बताउदै वातावरण जोगाउनु पहिलो काम सम्झी आज यहाँ वृक्षारोपण गर्न आएका छौ टोखा न पा ८ का वडा अध्यक्ष रमेश खत्री ज्यु को साथ र सहयोग लागि हार्दिक आभार व्यक्त गर्दै आज यहाँ रोपिएको यी बिरुवाहरुको संरक्षण गर्दै हुर्काउनसके भोलि यहि रुखहरु हामी र हाम्रो भावी पुस्ताको सहारा बन्ने उनको भनाइ थियो। साथै उनले हरियो बन नेपालको धन अब किताबमा मात्र सिमित हुन लागेकोले हामीले आफ्नो गाउँ ठाउँमा खाली रहेका जमिनहरुमा माटो जोगाउ रुख रोपौ अभियान संचालन गर्न सबैमा आग्रह गरेका थिए । आजको कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन व्यक्त गर्दै आफू बोलेर भन्दा पनि गरेर देखाउने लक्ष्यका साथ अगाडी बढिरहेको हुदा टि -फोर फाउन्डेसनलाई सबैबाट साथ र सहयोगको अपेक्षा व्यक्त गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x