बुधबार, जेष्ठ १७, २०८०
Wednesday, May 31, 2023

रामचरणको ‘आचार्य’ फ्लप, वास्तवमा बुझ्नेले साउथ फिल्म नै हेर्दैनन्

रातोनेपाल : वैशाख २२, काठमाडौं।
साउथ सुपरस्टार रामचरण अभिनीत फिल्म ‘आचार्य’ ले भने फ्लप हुने देखिएको छ । ओपनिङ शानदार गरेको यो फिल्मले ६ दिनमा ५४. ७४ करोड मात्रै कमाउन सफल भएको छ ।

यस फिल्म रामचरण, पूजा हेगडेसँगै चिरञ्जीवीको पनि मुख्य भूमिका रहेको छ । अब यो फिल्म रामचरण र चिरञ्जीवीकै करियरको सबैभन्दा फ्लप फिल्म साबित हुँदैछ । १४० करोडको निर्माणमा बनेको यो फिल्मले आफ्नो लगानी उठाउने छाटकाट समेत देखाएको छैन ।

विशेषज्ञहरूका अनुसार फिल्मको रिलिज ओटीटीमा गरेको भए राम्रो हुनसक्ने अनुमान गरेका छन् । अहिले पनि फिल्मलाई ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियो र डिजिटल अधिकारले राम्रो पैसा दिन तयार रहेको बताइएको छ । समाचार एजेन्सीका अनुसार फिल्म २७ मे २०२२ मा ओटीटीमा रिलिज हुँदैछ ।

यो फिल्म निर्माता कोराताला शिवाले लेखका हुन् भने फ्लप भएको कारण खराब लेखन भन्दै उनी ट्रोल भइरहेका छन् । फिल्मले करिब ९० करोडको नोक्सानी व्यहोर्नु पर्ने देखिएको मिडिया रिपोर्टले बताएको छ । यसै कारण वितरकले ५० करोडको क्षतिपूर्तिको माग गरेका छन् । यो ‘आचार्य’ फिल्म रामचरण र चिरञ्जीवीको होम प्रोडक्सनमा निर्मित फिल्म पनि हो ।
साउथलाइ प्राय हावा कथामा देखिन्छ। नचाहिँदो ढंगको प्रस्तुति ,नक्कली द्वन्द अनि हावाको शैलीले गर्दा पनि साउथको क्रेज घट्दो छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x