आइतवार, मंसिर १७, २०८०
Sunday, December 3, 2023

इदले नेपाली राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछ : देउवा

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालसहित विश्वभरका इस्लाम धर्मावलम्बीहरुको पर्व इद (इद उल फित्र) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।उनले शुभकामना सन्देशमार्फत धार्मिक, सांस्कृतिक विविधताभित्रको एकता हाम्रो पहिचान भएको उल्लेख गर्दै धर्म, संस्कार र संस्कृति अमूल्य निधि भएको र यस्ता अमूल्य निधिको संरक्षण र संवद्र्धन गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।

 

दिवसले नेपाली राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउने तथा सबै समुदायबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धिमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x