बुधबार, जेष्ठ १७, २०८०
Wednesday, May 31, 2023

मौसमी रुघाखोकी, झाडापखाला, ज्वरो, मलेरिया, डेङ्गीलगायतका रोगहरूबाट कसरी सुरक्षित रहने ?

  • 511
  • 45
  •  
  • 3
  •  
  •  
  •  
    559
    Shares

देशभरका अस्पतालमा विभिन्‍न रोगका कारण सङ्क्रमित भएर आउने बिरामीको सङ्ख्या बढ्न थालेका छन् । मौसम परिवर्तन भएसँगै मानिसहरूलाई विभिन्‍न रोग देखा पर्न थाल्छ । विशेषगरी मौसमी रुघाखोकी, झाडापखाला, ज्वरो, मलेरिया, डेङ्गी, ठेउलालगायतका रोगहरू देखा पर्छन् ।

 

सर्ने रोगबाट कसरी सुरक्षित रहने ?

  • व्यस्त र परिवर्तित जीवनशैलीका कारण खानपानमा आम मानिसले हेलचेक्राइ गर्ने, घर बाहिरको खानेकुरा नखाने।
  •  गर्मी याममा पानीलाई शुद्धीकरण गरेर मात्र पिउनुपर्छ ।
  •  विशेषगरी किटजन्य रोगको सङ्क्रमण पनि बढ्दो हुनाले सकेसम्म सरसफाइमा नै ध्यान दिनुपर्ने ।
  • व्यक्तिगत र आफ्नो बासस्थान वरपरको वातावरण सफा सुग्घर राख्नुपर्छ ।
  • गर्मीको समयमा किटनाशक विषादीको प्रयोग कम गर्नुपर्छ ।
  • वर्षा हुने बेलामा फोहोर पानीमा नहिँड्ने, जाडो अनुभव भएमा न्यानो लुगा लगाउने, तातो झोल युक्त खाने कुरा खाने ।
  • घाममा बाहिर निस्कनुअघि आँखा र छालाको सुरक्षामा ध्यान दिनुपर्ने ।

मौसम परिवर्तन हुँदा ‘सीजनल एलर्जी’ हुन सक्ने , नाक चिलाउने, हाँच्छ्यु आउने र आँखा चिलाउने गर्छ । धुँवा धुलोबाट श्वासप्रश्वासको पनि समस्या देखिने गर्छ ।मौसम परिवर्तनसँगै विशेष सावधानी अपनाउनुपर्ने र जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्नुपर्ने हुन्छ । मौसम परिवर्तनको असरलाई मानव शरीरले तत्काल परिवर्तन गर्न नसक्ने हुँदा जोसुकै पनि बिरामी हुन्छन् ।

गर्मीको मौसम सुरु भएपछि धेरै प्रकारका बिरामीहरू देखा पर्छन् । त्यसैगरी गर्मीमा किटजन्य रोगहरू लाग्ने सम्भावना, सर्पले टोक्ने, चक्कर लाग्‍ने, बेहोस हुने, थकाइ लाग्‍ने सम्भावना पनि उत्तिकै हुने गर्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x