सोमवार, अशोज १५, २०८०
Monday, October 2, 2023

तेल र ग्याँसको भुक्तानी बिटक्वाइनमा लिंदै रुस

  • 1.4K
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.4K
    Shares

श्चिमा मुलुकहरूको कडा प्रतिबन्धको सामना गरिरहेको रुसले आफ्नो प्रमुख निर्यातको रुपमा रहेको तेल र ग्याँसको बिक्रीमा बिटक्वाइनमार्फत् पनि भुक्तानी स्वीकार गर्ने तयारी गरिरहेको छ । रुसका एक वरिष्ठ सांसद पाभेल जाभाल्नीका अनुसार मित्रराष्ट्रहरूले तेल र ग्याँसको रकम क्रिप्टोकरेन्सी वा आफ्नो स्थानीय मुद्रामा भुक्तान गर्न सक्नेछन् ।

रुसी संसद डुमाको ऊर्जा समितिका प्रमुखसमेत रहेका सांसद जाभाल्नीका अनुसार इन्धन निर्यातको भुक्तानी प्राप्त गर्ने सन्दर्भमा रुसले वैकल्पिक उपायहरूका बारेमा सोचिरहेको छ । उनका अनुसार चीन र टर्कीलगायतका मित्र राष्ट्रहरू रुसमाथि प्रतिबन्धको दबाब दिने कार्यमा संलग्न छैनन् ।

क्रेनमाथि रुसी हमलापछि अमेरिका, बेलायत, युरोपेली युनियनलगायतले रुसमाथि प्रतिबन्धहरू लगाएका छन् जसका कारण रुसी मुद्रा रुबल कमजोर बनेको छ भने रुसमा महँगी आकासिएको छ । तर रुस अहिले पनि विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्याँस निर्यातक हो भने दोस्रो ठूलो तेल निर्यात कर्ता हो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x