कोरोना अपडेट : नेपालमा २४ घण्टामा थपिए १२०१ कोरोना संक्रमित

0
224

काठमाडौँ , आज पछिल्लो २४ घण्टामा नेपालमा १२०१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारको नियमित प्रेस व्रिफिगमा १२०१ संक्रमित थपिएको जानकारी दिएका हुन् ।

यससँगै कुल संक्रमितको संख्या ५३,१२० पुगेको छ । उनीहरुमध्ये ३३६ जनाको मृत्यु भएको छ भने ३७ हजार ५२४ जना संक्रमित मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र ८५२ जना डिस्चार्ज भएका छन् ।

LEAVE A REPLY