कोरोना अपडेट : उपत्यकामा २९८ सहित ८९९ जनामा कोरोना संक्रमित, मृतकको संख्या २२८ पुग्यो

0
172

काठमाडौं, पछिल्लो २४ घण्टामा ८९९ जना कोरोना  संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ८९९ जना संक्रमित थपिएका हुन् ।

देशभरका प्रयोगशालामा ११ हजार ४९० नमुना परीक्षण गर्दा ३०३ महिला र ५९६ पुरुष गरि ८९९ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।

काठमाडौंमा १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म २१,४१० जना निको भएर घर फर्किसकेका छन् । देशभर १७ हजार ८ सय २१ सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या २२८ जना पुगेको छ।

LEAVE A REPLY