जनतालाई कि काम चाहिन्छ कि माम – सुर्यकुमार घिसिङ

0
194

शोकाकुल अबस्थामा कोही पनि राष्ट्रिय गाउन सक्दैन । भोक लागेको बेला कोहीपनि पप गीत गाउन सक्दैन । कोरोनाको कहर बिच फ़ेरिपनि आम मान्छेमा गास, बाँस ,कपासको सवाल घनिभुत भएको छ ।
सरकारले जति लामो लकडाउनको शृङ्खला वढाउदै जान्छ खाद्य सुरक्षा सवाल त्यति नै पेचिलो बन्दै जान्छ । यो पेचिलो शब्द बिशेषगरि कम्युनिस्ट साथीहरूले प्रयोग गरेको पाइन्छ । अहिले कम्युनिस्टकै सरकार छ । यहीँबेला जनताको सवाल झन पेचिलो बनेको छ महसुस गर्नेलाई थाहा छ आम जनको जीवन कति कष्टप्रद छ ? नेपालको अर्थतन्त्रमा कति खराबी आउदैछ । किसानले खेतबाट 15 रुपैयाँमा बेचेको एक किलो मुला उपभोक्तामा पुग्दा ९० देखि सय रुपैयासम्म पर्ने गरेको छ ।तरकारीको भाउ जसरी नै अरु खाद्यान्नको मुल्य बढिरहेको छ ।
सरकारले सङकटकाल घोषणा गरेको छ । न उ काम गर्न दिन्छ न खान दिन्छ । उ भन्छ घरमै बस घरमै बस ।खानको लागि काम गर्नुपर्छ । काम गर्न घर बाहिर निस्कनुपर्छ । घरबाहिर ननिस्केपछी चुलो वल्दैन ।निशेधआज्ञा जारी गरिसकेपछी सरकारसँग तयारी हुनुपर्छ योजना हुनुपर्छ । अस्पताल कति छ्न बिरामी कहाँ ब्यबस्थापन गर्ने ? आर्थिक रूपमा कमजोर बर्गलाइ रोटीको ब्यबस्था कसरी मिलाउने ? राहत प्याकेजलाई कसरी आम समस्यामा परेको बर्गसम्म पुर्याउने ? यातायात आदीलाइ कसरी संचालन गर्ने ?बजार र उपभोक्तालाइ कसरी सह्ज रूपमा जोडने ? आउदै गरेको आर्थिक, सामाजिक, राजनीतिक, सास्कृतीक ,मनोबैज्ञानिक सङकट कसरी टार्ने ? यस्तो सवालमा सरकारसँग न तयारी छ न योजना ।बरु अन्धाधुन्ध कर्फ्यु लागेको छ ।प्रहरी सडकमा आएका छन । माइकिङ भएको छ ।कतिपय ठाउँमा लाठीचार्ज नै गर्नुपरेको छ ।
सरकारले जस्तै जनताले पनि सचेतता अपाउन सक्छ ।सामाजिक दुरी कायम गर्न सक्छन् । बिश्वब्याधीसँग जुध्ने दायित्व नेपालीको जनताको पनि हो ।जनताले पनि लापरबाही नगरुन ।यसैले सरकारले जनतालाई कि काम गर्न दिन पर्यो कि माम दिन पर्यो ।सुर्य गुरुको कुरा यति ।

LEAVE A REPLY