कोरोना अपडेटः संक्रमित ३७,३४०, निधन २०७, डिस्चार्ज २०,५५५

0
224

काठमाडाैँ ,नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७,३४० पुगेको छ।

काठमाडाैँ उपत्यकामा थप १८६ जनामा कोरोना पुष्टि भएको छ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसकाे संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार तीन महिला र ९ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो।

पाल्पामा ३० वर्षीया महिला, काठमाडाैँ ५१ वर्षीया महिला र ८३ वर्षीय पुरुष, भक्तपुरमा ६२ वर्षीया महिला र ८२ वर्षीय पुरुष, पर्सामा ४८ र ३९ वर्षीय दुई पुरुष, सिरहामा ८४ वर्षीय पुरुष, गाेरखामा ३८ वर्षीय पुरुष, कास्कीमा ५८ वर्षीय पुरुष तथा ललितपुरमा ७२ र ६१ वर्षीय दुई पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २०७ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार ३१३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २० जार ५ सय ५५ पुगेको छ।

पछिल्लो २४ घण्टामा ११ हजार ५ सय १६ पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म ६ लाख ६९ हजार ६२६ पीसीआर परीक्षण भएको छ।

LEAVE A REPLY