उपत्यकामा ४१५ सहित थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि

0
209

काठमाडौँ ,  काठमाडौं उपत्यकामा एकै दिन ४ सय १५ जना कोरोना भाइरस संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा काठमाडौं ३५०, ललितपुर ११ र भक्तपुरमा ५४ जना संक्रमित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको हो ।

नेपालमा थप  ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९२७  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ। संक्रमितमध्ये २० हजार २४२जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १९५ जनाको मृत्यु भएको छ।

LEAVE A REPLY