यातायातलाई ब्यबस्थित गरौं – सुर्य बज्रयाना

0
179

लकडाउन अन्त्य भएसँगै यातायात संचालित भएका छ्न । छोटो दुरीका यातायात चलेका छ्न ।भदौ एक गतेबाट लामो दुरीका यातायात पनि संचालनमा आउने सरकारले जनाएको छ । यातायात प्रणालीको जथाभावी हुँदा कोरोना सक्रमणको जोखिम बढने स्थिति भएको छ ।उपत्यकामा सिट क्षमता भन्दा धेरै यात्रु राखेर यातायात संचालित भएका छ्न ।यसैले उपत्यकामा उच्च सावधानी अपनाउनपर्ने स्थिति सिर्जना भएको छ ।
यातायात व्यावसायिकहरुको माग छ यो समय यातायात बिग्रेको मर्मत खर्च सरकारले देओस ।भाडादर डब्बल बनाउन पाइयोस् । अन्य विभिन्न समस्या सरकारबाट सावधान होस ।

मेरो यातायात व्यावसायिक साथीहरूलाई हार्दिक अनुरोध छ ।यो मानवीय जीवन सङकटग्रस्त भएको समय हो । यो समयमा सबैसँग डब्बल भाडा तिर्न सक्ने हैसियत नहुन सक्छ । यसैले यात्रु पनि मर्का नपर्ने र यातायात व्यावसायिलाई पनि मर्का नपर्नेगरि यातायात संचालित होस । यातायातले सुबिधा देओस ।दुबिधा नदिओस ।सेवा गरोस ।दु:ख नदिओस ।
आजको दिनमा मानवीय जीवन यातायातबिना अधुरो छ ।हरेक मान्छेको दैनिक जीवनसँग यातायातसंग जोडिएको छ ।अर्थतन्त्र नै यातायातबिना पहुँचबिना अपांग हुन्छ । यातायातको मान्छेको जीवन एउटा अभिन्न अंग बनिसकेको छ ।यसैले यातायातको ब्यबस्थापन गरि थला परेको अर्थतन्त्रलाई उठाउनपर्छ ।फ़ेरि पनि यो बिश्वब्याधीबाट मानव समुदायले शान्ति स्वास फेर्नु नै छ ।।
मैले बिगतदेखी नै भन्दै आएको छु यातायातलाई ब्यबस्थापन गर्नुपर्छ । हामी जस्ता धेरै माग आएपछी सरकार यातायात संचालन गर्न बाध्य भएको छ ।लकडाउन अन्त्य भएको घोषणा गर्न बाध्य भएको छ ।मिडिया नागरिक समाज र सचेत नागरिकहरुको पहलकदमी नै आजको दिनमा महत्त्वपूर्ण छ ।यातायात व्यावसायिक मित्रहरूले नागरिकहरुको आवाज सुनुन ।

LEAVE A REPLY