राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाद्वारा डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि १० हजार रुपैया सहयोग

0
346

दीक्षा गुरुङ, डिलकुमारि नेपाल

काठमाण्डौं , राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि १० हजार रुपैया सहयोग गनुभएकाे हाे।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पूर्व अध्यक्ष तथा ओलम्पियन दीपक बिष्टको अगुवाईमा काठमाण्डौंमा खेलाडीहरु माझ थालिएको सहयोग संकलन अभियानमा राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक टमाटाले १० हजार रुपैया सहयोग गनुभएकाे हाे।उहांलेे कोरोनाको परीक्षणबाट बञ्चित भएका सुदूर पश्चिममा ७ वटा पहाडी जिल्लाका जनाको कोरोना परीक्षणका लागि डडेल्धुरामा स्थापना गर्न लागिएको पीसीआर मेसिन खरीदका लागि नागरिक स्तरबाट थालिएको अभियानमा अाफुले गरेकाे सहयोग नै सुदूर पश्चिमका हरेक नागरिकको कर्तव्य हाे भन्नू भाे।
ह्युमानिटी फाउण्डेसन र सुदूर पश्चिम समाज अमेरिकाले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि थालेको सहयोग संकलन अभियानमा जोडिएर संसारका बिभिन्न देशमा रहेका सुदूर पश्चिमेलीहरुले सहयोग संकलन गरिरहेका छन् ।
काठमाण्डौंमा ह्युमानिटी फाउण्डेसनका संस्थापक अमर बहादुर शाहीको अगुवाईमा सहयोग संकलन गरिएकाे छ ।देशभरी २५ वटा पीसीआर मेसिन हुदा कोरोनाको सबैभन्दा उच्च जोखिममा रहेको सुदूर पश्चिममा भने एउटा मात्र पीसीआर मेसिन छ । हाल धनगढीमा रहेको पीसीआर मेसिनले कोरोनाको परीक्षण धान्न नसकेका कारण सुदूर पश्चिममा बेला बेलामा स्वाव संकलन कार्य स्थगित हुदै आएको थियाे ।
सुदूर पश्चिमको प्रयोगशालामा यहाँ संकलित स्वावहरु परीक्षण संमभव नभएपछि काठमाण्डौं, सुर्खेत, जुम्लाका प्रयोगशालामा नमूनाहरु परीक्षणका लागि पठाउने गरिएको हाे।यसैले जगतटमटाले पनि केही राहत हाेस् भनी नगद हस्तान्तरण गनुभएकाे हाे।

LEAVE A REPLY