‘सेभ द नेशन मुभमेन्ट नेपाल ‘ले गर्यो सार्वजनिक सांगठानिक संरचना प्रस्तावना

0
13

मंसिर १०, काठमाडौं । रातो नेपाल

सम्पूर्ण देशभक्ति एकठाउँमा केन्द्रित गर्ने अभियान संचालन गर्दै आएको ‘सेभ द नेशन मुभमेन्ट नेपाल ‘ ले राष्ट्र ,राष्ट्रियता, राष्ट्रिय एकता तथा राष्ट्रिय अखण्डतालाइ सर्बोपरि ठानी समाजमा भएका सबै खाले कुरीति अन्त्य गर्ने साथै सम्पूर्ण जात जाति,भाषा सस्कृति समान अधिकार प्राप्त गर्न धर्म सापेक्ष सहित संविधान लेखन लगायतको भावी योजना सहित आफ्नो सांगठानिक संरचना सार्वजनिक गरेको छ।
कासी प्रसाद गुरुङ केन्द्रिय संयोजक रहेको यस संगठनले गुरुङ कै हस्ताक्षरमा ४ पन्ने प्रस्तावना सहित सांगठानिक संरचना सार्वजनिक गरेको हो।
सार्वजनिक प्रस्तावना उल्लेख भए अनुसार ‘नेपाल बहु जाति,बहुभाषिक ,बहु सास्कृतिक र प्राकृतिक दृष्टिकोणले संसारकै सबैभन्दा सुन्दर राष्ट्र हो। नेपालको इतिहासमा नेपाल एकिकरणदेखि १०४ वर्षे राणा शासन,३० वर्षे पंचायतकाल,बि.स. २०४६ पछिको प्रजातन्त्र र बि.स.२०६२-६३ पछिको जन-आन्दोलन र संविधान-२०७२ जारि भै हाल २०७८ को गणतन्त्रमा राजनीतिक बेतिथिले देश जटिल परिस्थितिमा गुज्रिरहेको सम्पुर्ण नेपालि जनतालाई बिदितै छ। मुलुक प्रति चिन्ता गर्ने धेरै नै छन् ,तर मुलुकलाई परिवर्तनको सहि दिशा दिनको लागि नेतृत्वको अभाव महशुस भैरहेको छ। विदेशी शक्ति कै इशारामा नेपालि जनताले वर्षौदेखिको समान अधिकार प्राप्त गर्न सकिरहेको छैन। यसले झनै जाति-जाति विच भाषा ,धर्म र सस्कृति द्वन्द सिर्जना गरिरहेको छ’भनिएको छ।

यसैगरी,प्रस्तावनामा ‘ खास गरि जात जाति ,वर्ग क्षेत्रको परिवर्तनको आकांक्षालाई आत्मसाथ गर्दै राष्ट्रिय एकता, राष्ट्रिय स्वाधिनता,स्वतन्त्रता,मानव अधिकार,समान अधिकार,समान धार्मिक मान्यता ,सास्कृतिक र जातीय अधिकार साथै आर्थिक सम्वृद्दिको बाटोमा डोर्याउन र सम्वृद्दिशाली सार्वभौम नेपालको स्थापना गर्न सेभ द नेशन मुभमेन्ट नेपालको स्थापना भएको हो ‘समेत उल्लेख छ।

त्यस्तै,प्रस्तावना अनुसार कासी प्रसाद गुरुङ कै संयोजकत्वमा ६ जना सदस्यीय संगठनको ‘कार्य सम्पादन’ समिति बनि निर्माण गरिएको छ। जस अन्तर्गत अन्य सदस्यहरुमा बिक्रम बहादुर बम,बिरेन्द्र राजदहाल,दिपक भट्टराइ,गोपाल पुन मगर र रोमलालक गिरि रहेका छन्।
यसैगरी,संगठनको केन्द्रिय समिति संरचनामा केन्द्रिय सदस्य १०१जना,क्षेत्रीय सातै प्रदेश सदस्य ५१ जनाका दरले ,७७ जीला सदस्यमा ४१ जनाका दरले ,६७४३ वडामा २१ जनाका दरले र ३३७१५ वडा इकाइहरुमा ११जनाका दरले सदस्यहरु रहने छ।

साथै ‘सेभ द नेशन मुभमेन्ट नेपाल ‘ले आफ्नो प्रस्तावनामा ३२वटा भावी योजना ,३ वुदे हालको योजना र ४ वुदे यो संगठन किन भन्ने बारे पनि आफ्नो कुराहरु सार्वजनिक गरेको छ।

गत कात्तिक २७ मा मात्रै यस संगठनले आफ्नो केन्द्रिय सदस्य तथा बिभागप्रमुख को नाम सार्वजनिक गरेको थियो।

‘सेभ द नेशन मुभमेन्ट नेपाल ‘को प्रस्तावना:

 

LEAVE A REPLY