आज युवाहरु काम खोज्नलाई संसार पुगेकाछन – सुरेशकुमार पान्डे

0
8

गजल!

आज युवाहरु काम खोज्नलाई संसार पुगेकाछन,
हाम्रो देशभित्र पताउँनै नसकिने गद्धार पुगेकाछन।

बाउ बाजेले आवाद गरेको बञ्जर भूमी कब्जागर्दै,
हाम्रो देशमा साम्राज्यबाद का मतियार पुगेकाछन।

आफ्नो शन्तान सँग छुवाछुतमा हान मार हुने गर्दा,
बिदेशी धर्मलाई फैलाउँनै यिनै आधार भएकाछन।

देशका नागरिकहरु लडी लडी मारेर सिद्धाई सके,
उनैका लागि यि नेताहरु किन औजार भएकाछन।

हो यँहा ठुलो शड्यन्त्रछ प्रलयकै संघारभित्र हामी,
आपसमा किनहो लड्दै हामी आरपार भएकाछन।

नेता त बिदेशका खेलौना भएर लडेका हुन्छ सधै,
हाम्रो शन्तान आपसमा किन मारामार भएकाछन।
सुरेशकुमार पान्डे।०९-१०-२०२१

LEAVE A REPLY