सन्तुलित बाताबरणीय प्रणालीको पक्षमा – रजनी ढकाल

0
23

प्रकृतिको लिला पनि
छ है अपरम्पार ।।
यहाँहरु सबैलाई
म रजनी ढकाल तर्फबाट छ है नमस्कार।।

वातावरण नै हो हाम्रो
अमुल्य धन।।
सजीव र निर्जीव बिचको
सयुक्त रुप हो भन्ने जान ।।

प्रकृतिमा पाईन्छन नि
जैविक र अजैविक तत्व ।।
यिनिहरु बिचको अन्तरसम्बन्ध
पारिस्थितिक प्रणाली हो।।

आधुनिक युग सँग सँगै
विकासहरु फस्टाउदै गयो ।।
ति हराभरा वनजगंलहरु
खै त कता हरायो ??

सुविधा प्राप्तिका लागी
मानिसहरुले प्रदुषण फैलाउन थाले।।
अधिकार सम्झदा सम्झदै
कर्तव्य बिर्सिन थाले ।।

वरपर हराभरा, स्वच्छ
थियो पहिले।।
अब फोहोर हुन थाल्यो
रुखै काटे अहिले।।

रुख हुँदा पानी आउथ्यो
मुल फुटी फुटी ।।
अब पानी के आउथ्यो र
रुखै सबले काटी।।

कलकारखाना, उद्योगधन्दाबाट
निस्कने धुलो र धुवाँले गर्दा नि ।।
वातावरण प्रदुषण भई पारिस्थिक प्रणालीमा असन्तुलन ल्यायो नि ।।

ओजोन तह पातलिदै छ है
धुलो र धुँवा फैलिनाले ।।
मेरो मन रोहिरहेछ
वातावरण प्रदुषण हुनाले।।

बिज्ञानको बिकासको नाउँमा
भइरहेछ वनजगंल फँडानी
हुन थालेका छ्न लोप
जगंली जनावर र जडिबुटीहरु
सुक्न थालेका छ्न पानीका मुलहरु

कार्बनडाइअक्साइड ,मिथेन जस्ता
ग्यासहरु हावामा बृद्दी भैरहेछ ।।
वायुमण्ल प्रदुषित भइ
बढिरहेछ तापक्रम

जीवजन्तु मरेर सडेगलेपछि
पत्तकरहरु कुहिएपछी
माटोमा मिस्सिने छन्
माटोमा बढनेछ उर्वराशक्ति,
सप्रिनेछन अन्नबाली ।।

जथाभावी फोहोर गर्नाले,
दुर्गन्ध फैलिन्छ है
विभिन्न रोगहरुले आक्रमण गर्छ,
मृत्युको मुखमा पुग्नुपर्छ है ।।

वातावरण भएन भने
हाम्रो अस्तित्व छैन है।।
सरकारले पनि यसमा,
विशेष ध्यान पुर्याउन है।।

प्रदुषण फैलाउन हुन्न है,
वरपर वृक्षारोपण गर्नुपर्छ।।
पारिस्थितिक प्रणाली सन्तुलन राख्न,
वातावरण संरक्षण गर्नुपर्छ।।

मुख ले मात्र भन्ने हैन,
व्यवहारमा पनि ल्याउनुपर्छ।।
वातावरण संरक्षण गर्न,
हामी सबै जुट्नु पर्छ।।

हरियो वन ,नेपाल को धन,
वातावरण संरक्षण गर्न,
लगाउ है सबले मन।।

वातावरण वरपर
वृक्षारोपण गरौ है।।
यो हामी सबैको सरोकार को बिषय हो ,
सबै लागी परौं है।।

जनचेतना जगाउं गाउँठाउँमा,
वातावरण संरक्षण गर्नलाई ।।
वातावरण मा ह्रास आए
जीवजन्तुको आस्तित्तो मेटिन्छ है।।

विकास निर्माणको कार्य गर्दा,
प्राकृतिक स्रोतलाई विग्रन नदिऔं
आशा छ आगामी दिनहरुमा,
वातावरण संरक्षण गर्न तर्फ लाग्नेछौं।।

वातावरण फोहोर गर्नेलाई
कारवाही गर्ने गरौँ।।
पारिस्थितिक प्रणालीलाई,
सन्तुलनमा राखौँ ।।

LEAVE A REPLY