भारतको गोवा बाट स्याङजाका प्रकाश पोख्रेल बेपत्ता खोजी कार्य गरिदिन श्रीमती हिराको अपिल

0
42

रोजगारी को लागी भारत को गोवामा मजदुरी गर्दे आएका प्रकाश पोख्रेल गोवा बाट बिगत डेढ महिना देखी हराइ रहेका छ्न। साबिक स्याङजा जिल्ला ओरसरे 3 निबासी बुवा शोभाकान्त पोख्रेल का पैतिस बर्षिय छोरा प्रकाश पोख्रेल यही मिती सन् 12 मार्च देखी डिउटी गएको र त्यस दिन देखी शिब बिहान्ड बिद्या मन्दिर स्कुल चिकालिम नजिक रहेको भाडा कोठामा नफर्के को श्रीमती हिरा पोख्रेलले बताएकी छिन। श्रीमान हराएको सुचना रिपोर्ट पुलिस प्रशासनलाई गरे पनि हाल सम्म कुनै पनि माध्यम बाट पोख्रेल सम्पर्क नआएको पनि श्रीमती हिरा पोख्रेलले जानकारी दिए की छिन। बिगत केही बर्ष पहिले उनिहरु बिच प्रेम बिबाह भएको थियो र उनिहरु बाँके जिल्ला को बैजनाथ गाउपालिका बडा नम्बर 6 निबासी हुन भने उनका दुई छोरा छोरी नेपालमा रहेका छन। रोजगारी को शिलशिलामा श्रीमती सहित उनि गोवा पुगेका थिए। बर्तमान अबस्थमा गोवामा नेपालीहरु हराउने क्रम निकै बढिरहेको छ । श्रीमान हराएपछी तनावपूर्ण परिस्थितिमा रहेकी हिरा पोख्रेलले गोवा स्थित समाजसेबी तिलेन्द्र पुन लाई खोजी कार्यमा सहयोग गर्न भने पश्चात् तिलेन्द्र पुनले गोवा स्थित नेपाली मजदुर समाज गोवा, लगायत का बिभिन्न समाजिक राजनीतिक संघ,संस्था लगायत लाई खोजी कार्य गरिदिन र कहि कतै देखेमा निम्न नम्बरमा सम्पर्क गरी सहयोग गरिदिन हार्दीक अपिल गर्नु भएको छ । सम्पर्क नं
श्रीमती हिरा पोख्रेल 8180822782
र तिलेन्द्र पुन 9975828232

LEAVE A REPLY