नबकलाकार समृद्धिको यस्तो रहर

0
54

काठमाडौंमा जन्मिएकी समृद्धि कार्की कला क्षेत्रमा रुचि राख्छिन । सानै उमेरदेखि कलाकार हुने लक्ष्य बोकेकी समृद्धिले नृत्य सिकेर कला क्षेत्रमा प्रवेश गरेकी हुन ।उनले अभिनय गरेको एक म्युजिक भिडियोले राम्रै चर्चा पायो । म्युजिक भिडियोले चर्चा पाएपछि उनमा केहि गर्ने हिम्मत जागेको छ । कला क्षेत्रमा लाग्न उनलाई घरपरिवारको पनि साथ र सहयोग रहेको छ्। केही प्रोजेक्टना अफर आएपनी उनले ती प्रोजेक्ट गर्न पाइनन , किनकी उनलाई पढाईको कारण समय निकाल्न गाह्राे पर्यो । अहिले उनी टिकटकमा पनि चर्चित छिन । भिडियोहरु अपलोड गरिरहेकि छिन । त्यहाँबाट आउने प्रतिक्रियाले उत्साहित छिन ।
घरमै बसेर पनि अभिनयको अभ्यास गरिरहेकि छिन ।समृद्धि राम्रो अफरको प्रतीक्षामा छिन।
भन्छिन – कला भनेको मानिसमा भित्रैबाट आउनुपर्छ । यसको लागि साधना र अभ्यास चाहिन्छ । ममा हिम्मत छ कि म पनि एउटा राम्रो कलाकार हुन सक्छु । आफ्नु अभिनय मार्फत दर्शकको मन जित्न सक्छु । घमण्ड होइन प्रतिभाले चिनिनु पर्छ । लक्ष्य उच्च बोक्नुपर्छ ।यहि सोचेर अगाडि बढ्ने इच्छा छ ।

LEAVE A REPLY