अस्मिता भण्डारीको गजल : जो टाढा छ उसैको अत्यास लाग्छ

0
31

गजल

जसरी पानी नहुदा नि पानीकै प्यास लाग्छ,
त्यसैगरी जो टाढा छ उसकै अत्यास लाग्छ।

बिर्सन सक्छु कि सोचेर सम्झिन्छु तिमीलाई
जुन मलाई मेरै मुर्खपुर्ण एक अभ्यास लाग्छ

मृत्युकै लागी अमुल्य जिन्दगी खर्चिन्छ र त
मलाई जिवनभन्दा मृत्यु औधी खास लाग्छ

अन्तिम सास फेर्दा पनि बाच्ने चाहना हुन्छ,
सुनेकी थिए कि सास रहुन्जेल आश लाग्छ।

सोचिरहेकी छु,धनीलाई ठूलो के लाग्दो हो ?
गरिबलाई त यहीँ गाँस,बाँस र कपास लाग्छ

LEAVE A REPLY