पुस्तौ देखुन सामन्तिको झाँतोमा पिसेका हामी : सुरेशकुमार पाण्डे

0
25

गजल!
लुकाउँने मन कत्ति लाग्दैन मैले जानेको कुरा,
आफुले अध्यायन गरेपछि सहि ठानेको कुरा।

अरुले के भन्छन त्यो भन्दा सिक्नु पर्छ सबैले,
कत्ति पनि न लुकाउँ मनले राम्रो मानेको कुरा।

बिर्शिन कहिले सक्किदैन कसैले खसाले पछि,
तिरले भन्दा तिखा उन्का बोलिले हानेको कुरा।

पुस्तौ देखुन सामन्तिको झाँतोमा पिसेका हामी,
प्रष्ट बुझिन्छन बैचारिक साङ्गा मा बानेको कुरा।

थापेकाछन पासा साहित्यकारहरु लाई फसौन,
बुझ्नै पर्छ मिठा मिठा ब्यबहारमा झानेको कुरा।

शोशिल मिडियामा ताते शर्ने साहित्यकार लाई,
केही रचना छपाईदिएर आफुतिर तानेको कुरा।
सुरेशकुमार पान्डे।१७-०४-२०२१,

LEAVE A REPLY