हाम्रो समाज-लघुकथा : सुरेशकुमार पान्डे

0
50

माईली आमा सञ्चै हुँनु हुन्छ?सेते ले पेटीमा बसेकी माईली लाई हातमा ढोग गर्दै सोध्छ।हजूर बाबु कैले आउँनु भयो त लाहुर बाट?उन्ले पेटीमा चकटी राखेर बस्न ईसारा गर्दै सोध्छिन।म अँस्ति साँज झमक्कै परेपछि आई पुगेको हुँ हिँजो म कतै गईन थकै लागेको थियो!सेते ले भन्छ।हो ता नि बाबु सुत्केरी र लाहुरेको सरिर त एकैनासे हुँन्छ भन्छन!माईलीले हाँसोगर्छिन।एकछिन हाल चाल सोध पुच्छ भएपछि!अब कहिले फर्किनु हुन्छ त लाहुर उन्ले सोध्छिन।छिट्टै फर्किन्छु आमा छुट्टि थोरैछ !उस्ले निदार चाउरी पार्दै भन्छ।
दलानमा बसेर स-साना बच्चाहरुले केहि खाँदै गरेको तिर हेर्दै-के खाँदैछन यि नानिहरुले सेते ले सोध्छ।आज हामिले शिश्नुको साग अनि मकैको आटो पकाएका छौँ बाबु त्यहि खाँदैछन बच्चाहरुले!हजूरको भान्शा भयो?माईलीले सोध्छिन।भान्शा त भएकोछैन अलि बेर पछि गाउँ घुमेर खान होला,शिश्नु धेरै पकाउँनु भएकोछ र?सेते लाई शिश्नुको नाम सुनेपछि लोभ जाग्छ।अँ थुप्रैछ बाबु खानु हुन्छर?भन्दै खिसिक्क हाँशिन।किन नखाने थोरै चाखौँ त कस्तोछ सेते ले खान लाई मागिहाल्छ।हो र खानु हुँन्छर साँच्चै?उन्ले अपत्यारीलो ठट्टा गर्या जस्तै गर्छिन।बिहानको नौ दश को समय हुँदोहोला।न पताई न पताई उठेर भित्र बाट एउटा थालमा थोरै आटो र शिश्नुको साग ल्याई दिन्छिन।सेते भित्र दलानमा बिच्छाएको गुन्द्रिमा बसेर गमा-गम खान्छ।उनि त्यो बेला त धेरै खुसि देखिन्थिन सेते ले त्यँहा खाएको आटो र शिश्नु उन्लाई खासै पचेनछ।सेते त्यँहा बाट निस्केको एकछिन पछि उन्लाई खुल्दुलि लागेछ।उनिहरु विस्व क्रमा हुँन सेते बाहुँनको छोरा गाउँ घरमा सबैले साईनो गरेर बोल्ने चलन हुँन्छ सेते जस्तै स-साना छोरा छोरी उन्का पनि थिए।सेतेले माईली आमा भन्थ्यो उनिहरुले पनि सेतेको आमालाई आमा भनेर पुकार्थे।अहिले सेते सानै थियो करीब पन्द्र सोह्र बर्षको हुँदोहोला।सानैमा लाहुर हिँडेको देख्दा हुर्लुक्कै बढेको फुर्तिलो किसोर अबस्थामै थियो।यो गाउँमा बढि बाहुँनकै घरहरु थिए,बिस्वक्रमाका धेरै घर थिएनन् त्यसैले यँहा भयका बिस्वक्रमाहरुको रहन सहन बोलि चाली ठिक बाहुँनको जस्तै थियो।उनिहरु लाई कुनै अपरिचितले कामी भनेर भन्दैन थ्यो।जब उन्ले आरन लगाउँथे त्यो बेलामा मात्र धेरै जसोले टोमटा भन्ने गर्थे,गाग्रि ताउला देखि फालि कोदाली सबै जसो उनैले तैयार पार्थे।सिजनमा फाला कोदाला र हँशिया बञ्चराहरु राम्रा राम्रा बनाउँने गर्थे।अरु त धेरै लाहुरे थिए माईला हरु भने गाउँमै आरन लगाएर बस्थे।उनिहरु राम्रो ब्यबहारले टाडा टाडा सम्म परिचित थिए।गाउँमै ठुलठुला घर बनाएर बसेका सेते ले उनिहरुको बाउलाई पनि सानो छँदा देख्यो,आउँने जाने राम्रो थियो।तर छुवा छुत चाहिँ अहिलेपनि उस्तैछ झन त्यो बेला त धेरै नै थियो।
सेते गाउँमा घुमेर घर पुग्ने बेला सेतेको आमाले भाईर गोठ नजिकै बाटो कुरेरै बस्नु भाको थियो।खुबै राम्रो काम गरेछस!छोरा दुनियाले नगरेको।तँलाई कत्ति आफ्नो आमाको खयाल आएन।आमा रातो पिरो हुँदै भन्नु भयो।सेते असम्झमा पय्रो आखिर के भएछ म बाट गलति भन्ने मनैमनमा सोच्दै!आमा के भन्नु भयो,के गरेर मैले?सेतेले हिम्मत गरेर प्रश्न गय्रो।के गरिनस छोरा बाहुन कामी सबै बरा बरी गराईश जा फटाफट गएर पँधेरामा नाई धोई गरेर आईज।भन्दै एउटा बाल्टि र लोटा दिनु भयो।
तँ आउँने भन्दा पहिले माईली आएर गईन जस्का घर गएर तैँले सिश्नु र आटो खाएर आईस!उनैले तेरो हावा खुस्केछ भन्थिन!मलाई होईन तपाईको छोराले मलाई चिनेनन कि उन्को हावा बिग्रेको हो भनेर सोध्न आएकी थिईन।
सेतेकोआमाले गम्भिर हुँदै भन्नु भयो।आमाँ के भयो त?भन्न दिनुस न मानिश -मानिसमा आखिर के फरक छ?हाम्रो हात काटेपनि उस्तै रगत आउँछ उनिहरुको पनि उस्तै रगत हुन्छ।हामि मानिशहरुको बिचमा आखिर यस्तो वेमेल र असमानता किन हुँन्छ?मलाई थाहाछैन चल्दै आएको परमपरा लाई त मान्नैपर्छ बुझिस!आमाले सेतेको कुरालाई बिचैमा काटेर भन्नु भयो।सेते बाल्टि र लोटा लिएर पँधेरा गयो।त्यँहा पनिकेहि महिलाहरु लुगा धुँदै थिए थिए।सेतेले उनिहरुलाई हातमा ढोग गय्रो अनि नुहाउँन पानी भरेर अलिक पर ढुङ्गामा बसेकै थियो।सेतु तिमिले अँझै जनै हालेका छैनौ?एउटी बोई प्रनेले सोधिन।हजूर हालेको छैन मैले त बोई!सेतेको कुरा सुनपछि!यत्रो तन्नेरी भएर पनि किन जनै नहालेको त तैँले?उन्ले भनिन।परदेशमा बोई सबैले छोएको खानु पर्छ जनैको कदर हुँदैन त्यसैले हाल्ने जाँगर लागेन।परदेशमा जे भएपनि कोले पो देख्छ बाबु जनै त हाल्नु पर्छ।नजिकै बसेर कपडा धोएकी आर्कि महिलाले भनिन्।
अँस्ति भर्खर आएको पल्ला घरे कान्छाले घरमा आएपछि धजा बान्ने ओर्ने गरेन्छ र बिमार परेछ तुरुन्तै धामि बसालेछन त्यो कुल लाएको देख्यो र धामीले ढेग्रो सहित झाँक्रि बसेका हिँजो!होर सञ्चो लाग्यो त?उनिहरु आपसमा कुरा गर्दै थिए।होईन बोई उन्लाई त झॉक्रिले निको भयनछ टाईफाईट भएको रैछ आज अस्पत्ताल लगेकाछन!सेते ले जानकारी गराउँछ।हो त्यो पनि तँ जस्तै जनै नहाल्ने जोले छोएको पनि खाने गर्छ बा।बोईले सेते तिर ब्यङ्ग्या कस्दै भन्छिन।उस्को त आमा पनि डर लाग्दि छ भन्छन दिदि होईनर?आर्किले सोध्छिन।खै कुन्नि बोक्सिनी छ आफ्नै लोग्नेलाई लागि भन्थे भन्नेले!उन्ले भन्छिन।सेते उनिहरुको कुरा सुन्दै नुहायो अनि घर तर्फ लाग्यो।वाह यस्तोछ हाम्रो समाज सेते मनैमनमा गनगन गर्दै घर पुग्छ।यस्तो चालाले कहिले सुद्रिएला हाम्रो समाज।सेतेको हावा खुस्किएकै हो त?हा.हा.आफ्ना बाटै हाँश्दै थियो,समाजको ब्यबहार देख्दा।०१-०४-२०२१,

LEAVE A REPLY