अलटाइम हाइ नेप्से : १२.८८ अंक बढेर २६३१.८९ विन्दुमा

0
63

साताको अन्तिम कारोबार दिन नेप्सेले हालसम्मकै उच्च विन्दुको प्रतिरोध परीक्षण गरेको छ। यस दिन प्रि ओपन सेसनमा नै नेप्सेले सो विन्दुको प्रतिरोध परीक्षण गरेको थियो।
अघिल्लो कारोबार दिन ४३.३५ अंक बढेर २६१९.०२ विन्दुमा पुगेको नेप्से, यस दिन प्रि ओपन सेसनमा २६.४८ अंक बढेर २६४५.५० विन्दुमा पुगेको थियो।

अलटाइम हाइभन्दा माथि पुगेको नेप्से, नियमित कारोबार खुल्ने बित्तीकै तीव्र गतिमा ओरालो लागेको थियो। तर, आधा घण्टापछि बजार सम्हालिएर उकालो लागेको थियो। यस दिन नेप्से परिसूचक १२.८८ अंक बढेर २६३१.८९ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.८३ अंक बढेर ४६६.४२ विन्दुमा पुगेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार देखिएको छ। बुधबार ६ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २१८ कम्पनीको ७४ हजार २०८ पटकको कारोबारमा ७ अर्ब २५ करोड ९ लाख २४ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख ९० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार ७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन साञ्जेन जलविद्युत कम्पनी, युनाइटेड फाइनान्स, किसान माइक्रोफाइनान्स, वोमी लघुवित्त, एनआईसी एशिया लघुवित्त, अजोड इन्स्योरेन्स र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

शतप्रतिशत हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको एचआईडिसिएलको शेयरमूल्य भने यस दिन सर्वाधिक ५.५३ प्रतिशत घटेको छ।

बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ८.६३ प्रतिशत बढेको छ। त्यसैगरी, अन्य उपसमूहको परिसूचक ३.२६ प्रतिशत, विकास बैंकको २.०३ प्रतिशत र वित्तको १.९६ प्रतिशत बढेको छ। कारोबारमा आएको होटल उपसमूहको परिसूचक भने यस दिन सर्वाधिक २.११ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अपर तामाकोशी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २९ करोड ५६ लाख ३५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन एचआईडिसिएल, अपि पावर र नेपाल पुनर्बीमा कम्पनीको २० करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

LEAVE A REPLY