गरीब लाई त फेरी पनि उस्तै उठिबाश भएकोछ : सुरेशकुमार पान्डे

0
54

गजल!
केको होली हजूर दुख्खै दुःखको रास भएकोछ,
कोरोनाले गर्दा देश बिदेश फेरी हताश भएकोछ।

धनीहरुको के जान्छ फरक खासै परौन उन्लाई,
गरीब लाई त फेरी पनि उस्तै उठिबाश भएकोछ।

अब भिडमा नजानु मित्र होलीको रंग लिएर बरु,
अचेल फेरी सहर मा बिमारी धेरै खाश भएकोछ।

मैले त यो होलिकोपर्व खासै मनाईँन पहिले पनी,
हिँजो आज त झन समाज पनि उदाश भएकोछ।

घरमा घाउ आलो हुँदा म कसरी हुँन सक्छु खुसि,
लगाउँदैन रंग घाउ आफ्नो मुटुको पास भएकोछ।

पहिलेकै जस्तो मेला पर्व पनि रहेन हाम्रो देश मा,
आज त बिदेशी सैलीकोनै धेरै बिकाश भएकोछ।

तिमिले होली पर्व भन्छौ साथि सोध यो सेते लाई,
मेलापर्व आफ्नो लागि त गलाकै फाश भएकोछ।
सुरेशकुमार पान्डे।२८-०३-२०२१,

LEAVE A REPLY