साताकाे अन्तिम काराेबार दिन २१ अंक घट्यो नेप्से

0
86

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २१ अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार २५७०.२६ विन्दुमा बन्द भएको नेप्से यस दिन २१.२९ अंक घटेर २५४८.९६ विन्दुमा झरेको हो।यस दिन २०८ कम्पनीको ७४ हजार ६५८ पटकको कारोबारमा ६ अर्ब ५० करोड ८ लाख ६ हजार रुपैयाँ बराबरको १ करोड २५ लाख ४८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन नेप्से ओरालो लागेपनि तीन कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन चन्द्रागिरी हिल्स, सपोर्ट माइक्रोफाइनान्स र वोमी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन सिद्धार्थ इन्स्योरेन्स र माउन्टेन हाइड्रोको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ।

पछिल्लो समय मर्जरको हल्लाले बढेको नेपाल बङ्गलादेश बैंकको शेयरमूल्य यस दिन ६.१४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन हिमालयन उर्जा, साञ्जेन जलविद्युत र रसुवागढी हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.४५ प्रतिशत बढेको छ। त्यसैगरी, व्यापार उपसमूहको परिसूचक ३.९४ प्रतिशत र लगानी उपसमूहको १.१६ प्रतिशत बढेको छ।

बिहीबार बैंकिङ्ग, जलविद्युत, अन्य र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ८९ करोड ५० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अपर तामाकोशी, सिद्धार्थ इन्स्योरेन्स र नेपाल बङ्गलादेश बैंकको २२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

LEAVE A REPLY