एकता नहुँने कारण पनि लोभनै हो-लघुकथा : सुरेशकुमार पान्डे

0
67

केही दिन देखि खाना नखाँदा परान लागेको थिएन।तिर्खा मिटाउँन नजिकैको हैँड पम्पमा पानि पिन्छ र पानी पिएर फर्किदै थियो रिङ्गाटो लग्छ।त्यँही थचक्क बस्छ आँखाको अगाडी अन्ध्यारो भयो।नजिकै बजरी फालेको थियो साहिद कसैले भवन निर्माण गर्न ल्यायको थियो होला त्यसैमा सेते पल्टिन्छ र मसक्कै निदाउँछ।
ए भैया काँहा बाट आएको यँहा किन सुत्याछस?भन्दै लाठि भुँईमा बजारेको सुनेपछि सेते जाराक जुरुक्क उठेर बस्छ।रात कति खेर परेछ उस्लाई हेक्कानै भैन,त्यो ठाउँको चौकीदार रैछन।दुब्ला पातला अलि काला अर्ध बैँसे ब्याक्ति आफ्नो अगाडी उभिएर स्थानिए भाषामा सवाल गर्दा सेते अक्क मक्क परेर उसैलाई हेर्छ।के सोधे मैले पागल त छैनश?उ रिसाउँदै भन्छ।मलाई सञ्च छैन कुन्नि किन रिङ्गाटा लाग्यो थाहा भैन यँहा पल्टेको निदाएछुँ म!सेते ले उस्लाई भन्छ।बाबु त नेपाली मान्छे पो रैछौ अरु भयको भए पुलिसलाई दिने थिएँ।यो मेरो एरियाहो म यँहाको चौकिदार हुँ बुझ्यौ?उन्ले भन्छन।काँ काम गर्छौ तिमिले ?उन्ले अहिले बिन्रम सैलीमा सोधेका थिए।काम पाएको छैन म केहि दिन पहिले घरबाट आएको हुँ काम खोज्न!भन्दै कतै काम छ भने लगाई दिन अनुरोध गर्छ।भाई मेरो रातिको डिप्टीछ भोली दिउस कत्तै खोज्छु होटेलमा गर्छौ काम?कँहि पनि गर्छु काम पाएपछि! मेरा आफन्ति कोई पनि छैनन्।सेते अलि भाबुक हुँन्छ,सेतेलाई भाबुक भएको देखेपछि चौकिदारले नजिकै एउटा होटेलमा लग्छन, बाबुजी यो बाबु हाम्रो गाउँको रैछ यस्लाई खाना खिलाई देल!उन्ले होटेलको मालिकलाई भन्छन।उनिहरुले होटेलको काम सक्दै थिए अब बन्द गर्ने तरखरमा काम गर्ने स्टाफहरुले भर्खर खाना खाँदै थिए।बहादुर!मालिकले कसैलाई बोलाउँछ।हजूर मालिक भन्दै भित्र बाट एक जना नौजवान निस्किन्छन।अँरे सुन यो चौकिदारको आफ्नो मान्छेलाई खान ख्वाउँन सक्छौ?मालिकले भन्छ।आईज केटा!त्यो नौजवानले भित्र लैजान्छ अनि पेट भरी रोटी खान दिन्छन।त्यो दिन केहि दिन पछि पहिलो पल्ट पेट भरी खान पाएको थियो।आज त सेतेलाई तीनी चौकिदारको रुपमा कुनै देवता भेटाएको अनुभुति भएको थियो।
उनि एउटा नेपालीको हैसियतले सेते लाई खाना ख्वाए उन्को कतिधेरै गुन मानेको थियो।न उनि सेतेका आफन्ति न गाउँले तर पनि आज उन्ले सेतेको लागि नेक काम गरेका थिए।सबै मानिश यो धर्तिमा एकैनासे काँहा हुँन्छनर यति दिन सम्म कसैले पानी समेत नसोधेको तर आज अचानक पेट भरी खाना खिलाए।त्यही होटेलमा काम गर्ने स्टाफ सँग सुताए कतिमिठो निद्रा लाग्यो!सेतेलाई उ बिहान धेरै अबर सम्म सुतेको थियो।त्यो होटेला कर्मचारीहरु सबै नेपाली नै थिए।त्यती ठुलो होटेल नभयपनि उनिहरुको काम खुबै चल्ने रैछ।केही बेर पछि त्यही होटेलमा नास्ता चिया दिए।चौकिदारले भनेर गयका रैछन।अलि बेर पछि उन्ले एउटा होटेल चियाको केन्टीनमा सेतेलाई नोकरी लगाई दिए।
त्यो नयाँ दिल्लि तिरको चियाको होटेल हो।एकजना त्यो होटेलका कारीगर सँग चौकिदारको चिना जान रैछ!सो त्यँहा जाँदा बित्तिकै होटेलमा काम मिल्यो।कारी गर र सेतेको एउटै गाबीस रैछ।त्यँहा काम गर्ने हरु मध्य केही त्यही गाबिसका थिए।कारी गरले भर्खर पेटको अप्रेशन गराएका थिए उन्ले काम त गर्थे तर औषधी चलि रहेको थियो।
केहि दिन पछि साँझ काम बाट छुटेपछि।सेते हिँड फिलम हेर्न जाम !त्यँहा काम गर्ने एकजना मनबहादुर भन्ने ठिटाले भने।पैसा छैन हजूर म सँग त हजूर जानुस!सेतेले भन्यो।कस्तो कुरा गरेको म सँग छ पैसा मैले देखाउँछु नी तँ मेरो सँग गैदेलन हुँदैन?मन बहादुरले भन्छ।हुँन्छ त्यसो भए जाउँ नत्र ढिलो हुँन्छ!सेतेले भन्छ।रातिको नौ बजे देखि बाह्र बजे सम्मको फिलमको सो थियो।दुईटै एउटा साईकिलमा जान्छन,मँ सँग खुल्ला पैसा छैन उस्ले पैसा निकाल्न अलि आना कानी गर्छ।फिलम सुरु भैसकेको थियो।
खै ल्याउँनुस मैले खुल्ला गाराई दिन्छु सेतेले भन्छ।मनबहादुरले आफ्नो खोल्टि बाट एक सए को नोट निकालेर सेतेलाई दिन्छ।त्यो बेला एक सए रुपाया भन्नु ठुलो रकम हो सेते जस्ताका लागि।किन की तलबनै कुल चालिस रुपियाँ मासिक हुँन्थ्यो।त्यो पैसा देखेपछि उस्ले राम्रै गरि फर्काई फर्काई हेर्यो।अनि कुनामा मसिनो आगोले पारेको प्वालपनि रैछ त्यो नोटमा।आज फिलम देखियो चार रुपिया दश पैसामा दुबै जनाले अनि पचास पैसाको बादाम लिएर खाए।फिलम सकिएपछि क्वटरमा सुत्न गए।भोलि पल्ट मनबहादुर काम मा गएन।सेते काममा जाँदा कारीगरले गुनासो गरे।उनि औषधी ल्याउँन राखेको पैसा हराएको भन्दै खोजि गरिरहेका थिए।
कति हरायो र पैसा ?सेतेले कारीगर सँग सोध्यो।एक सए रुपाया हरायो!कारी गरले उदाश हुँदैभन्छन,त्यो नोटमा सानु प्वालपनि थियो बिडिको झिलिङ्गो परेर प्वल परेको भने।त्यो नोट भयत हिँजो हामिले ठिक त्यस्तै प्रकारको एउटा नोट खुल्ला गराएका हौँ त्यसबाट लगभग पाँच रुपिया खर्च भयको थियो।
मनबहादुर डिप्टिमा पनि न आउँदा संका त उसैको थियो त्यँहा बाट पहिलेपनि कयौँ पटक हराएको भन्थे।मनबहादुर लाई छोप्नु पर्छ अब कसरी छोप्ने?कारीगरले भने।
त्यो रातिमा कति बेला आउँछ थाहा नै हुँदैन।भोलि पल्ट सेते क्वाटरमा उठेको बेला उ मनबहादुर सुतेकै थियो।बिस्तारै उस्ले भाईर बाट कुन्डि लगाएर होटेलमा जान्छ अनि होटेलको मालिक समेतलाई बोलाएर ल्याउँछन।बल्ल मनबहादुर लाई छोपेर नब्बे रुपिया उसैको खोल्टि बाट बरामद गर्छन।उसैले त्यँहाबाट तिन पल्ट चोरी गरेको कबुल गर्छ।तर कारीगरले बचाउँनाले उस्लाई पुलिसमा दिँदैनन् मालिकले भने उस्लाई काम बाट हटाई दिन्छ।
भाई हामिले गर्दा तिम्रो नोकरी छुट्यो भन्दै कारीगरले दुःख जाहेर गर्छन उन बोली न बोली त्यँहाबाट निश्किन्छ।
(कथा काल्पनिक हो,कसैको ब्यबहार र ब्याक्तिको नाम मेलखाएकोमा मात्र सयोग हुँनेछ।)२१-०३-२०२१,

LEAVE A REPLY